कमल । बर्तमान सरकार प्रति जनताले ठुलो अपेक्षा राखेका छन् । विशेष परिस्थितीले अहिले दुई ठुला दलहरुको बिच सरकार गठन भएकोले समेत जनताले सरकार प्रति ठुलो अपेक्षा राख्नु स्वभाविक भएको भौतिक पुर्वाधार तथा यातायात मन्त्री देवेन्द्र दाहालले बताउनु भयो ।
झापाको कमल गाउँपालिका अन्तर्गत मंगलवारे शिवगंज सडकमा पर्ने गेउरिया खोलाको पुल निर्माणका साथै कमल गाउँपालिकाका पर्ने अत्यावश्यक बिभिन्न भोतिक पुर्वाधारका योजना हरको स्थलगत अवलोकन पछि नेकपा एमाले कमल गाउँकमिटी द्वारा आयोजित कार्यकर्ता भेटघाट कार्यक्रमा मन्त्र िदाहालले सो कुरा बताउनु भएको हो ।
विकास निर्माणकालाई प्रथमिकतामा राखेर सरकारले काम गरिरहेको छ । त्यसैले कुन काम कुन सरकारले गर्ने हो त्यो तिनै तहका सरकार बिच छलफल गर्नु पर्ने आवश्यक भएको आफुले महशुस गरेको मन्त्री दाहाले बताउदै ।
आगामी दिनमा स्थानिय सरकारले कुनै पनि योजना माग गर्दा प्राथमिकतामा राखेर योजना मार्ग समेत मन्त्री दाहालले सुझाव दिनुभयो ।
मन्त्री दाहलले स्थलगत अवलोकनका क्रममा कमल गाउँपालिकामा पर्ने केराधाप स्थित ढ्याग्री खोलाको पुल, समायगड स्थित मदन आश्रीत भवन, लखनपुर र तोपगाछी क्षेत्रका खानेपान ि आयोजना र शहिद धर्मभक्त माध्यमिक विद्यालयको अवलोन गर्नु भएको एमाले कमल गाउँकमिटीका अध्यक्ष हरी ढकाले बताउनु भयो ।
कार्यक्रममा नेकपा एमालेका तिनै तहका नेताहरुको उपस्थिती रहेको थियो ।