logo
शुक्रबार, साउन २९ २०८३

कमलनगर जेसीजको शुभकामना आदान प्रदान

पानका अध्यक्ष कार्की द्वारा जेसीजको भवन निर्माणार्थ तिनलाख रुपैया सहयोग गर्ने प्रतिवद्धता


  • उमानाथ भण्डारी
  • शुक्रबार, असोज २५ २०८१

कमल। कमलनगर जेसीजले आज शुभकामना आदान प्रदान कार्यक्रम सम्पन्न भएको छ ।

                                                                                                     नवनिर्मित भवनको अनुगमन

कमल गाउँपालिका ३ स्थित एक क्याफेको सभाहलमा बडा दशैं, शुभ दीपावली,छठ पर्व लगायतका पर्वहरको शुभकामना आदान प्रदान कार्यक्रम गरेको जेसीजले जनाएको छ ।

शुभ कामना आदान प्रदान कार्यक्रमा बोल्दै मरिसशकालागी नेपालका महावाणीज्य दुत तथा स्वतन्त्र उर्जा उत्पादक संघ (पान) का अध्यक्ष गणेश कार्कीले समाज निर्माणकालागी युवाहरुको विशेष भुमिका हुन्छ , त्यसकालागी युवाहरु व्यवसायी बन्नु अतिनै आवश्यक हुन्छ र यस ठाउँमा कुन व्यवसाय संचालन गर्दा उपयुक्त हुन्छ तपाईहरु योजना बनाउनुहोस् त्यसकालागी सहयोग गर्न आफु सधैं तयार रहेको अध्यक्ष कार्कीले बताउनु भयो ।

त्यस्तै कार्कीले कमलनगर जेसीजको नवनिर्मित भवन निर्माणकालागी तिनलाख रुपैया सहयोग गर्ने प्रतिवद्धता समेत जानउनु भयो ।

शुभकामना आदान प्रदान कार्यक्रम कमलनगर जेसीज वर्ष ०२४का अध्यक्ष जेसी देबी प्रसाद दाहाल,पुर्व अध्यक्ष जेसी केदार कटुवाल, जेसी छत्रपती खनाल(गोपाल) जेसी हेम दाहाल, जेसी रिजु कार्की, जेसी नारायण बस्नेत तथा आजिवन सदस्य जेसी उमानाथ भण्डारी, जेसी राजन ढुङ्गाना, जेसी लेखनाथ खतिवडा जेसीजका पदाधिकारी लगायतको उपस्थिती रहेको थियो । यसका साथै कमलनगर जेसीजले निर्माण गर्दै गरेको नवनिर्मित भवनको अनुगमन समेत गरेको वर्ष ०२४का महासचिव जेसी रोशन अधिकारीले बताउनु भयो ।

 

प्रतिक्रिया
ताजा खबर
यो साता चर्चामा
सम्बन्धित समाचार
© copyright 2026 and all right reserved to kuinetonews.com   |   Site By : SobizTrend