logo
शुक्रबार, साउन २९ २०८३

प्रहरी चौकी केर्खाको आयोजनामा चाडवाड लक्षित शुभकामना आदान प्रदान


  • उमानाथ भण्डारी
  • मंगलबार, असोज २२ २०८१

कमल । प्रहरी चौकी केर्खाको आयोजनामा आज सामुदायिक प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत नेपालीहरूको महान चाड बडादशैं, दिपावली तथा छठ पर्व २०८१ को चाडवाड लक्षित शान्ति सुरक्षा, ट्राफिक व्यवस्थापन तथा शुभकामना आदान प्रदान कार्यक्रम सम्पन्न भएको छ ।
शुभकामना आदान प्रदान कार्यक्रममा कमल गाउँपालिका ३ नम्बर वडा अध्यक्ष अग्नि प्रसाद कोइराला, वडा नम्बर ४ का अध्यक्ष चन्द्र भट्टराई ,कमल उद्योग वाणिज्य सङ्घका अध्यक्ष विरेन्द्र अधिकारी, केर्खा बजार व्यवस्थापन समितिका अध्यक्ष देवी प्रसाद दाहाल, आदिवासी जनजाति महासङ्घ कमलका अध्यक्ष बदी राई , समाज सेवी सुर्य प्रसाद लिम्बू लगायतले चाडपर्व विशेष शुभकामना मन्तव्य राख्नु भएको थियो ।

कमल ३ का वडा सदस्य एङ्गल गुरुङ्गको संयोजकत्वमा सम्पन्न शुभकामना आदान प्रदान कार्यक्रममा स्थानीय राजनीति दलका प्रतिनिधि, टोल विकास संस्थाका प्रतिनिधि, उद्योगी व्यवसायी लगायतको उपस्थिति रहेको थियो ।

शुभकामना आदानप्रदान कार्यक्रमका उपस्थित भेला बाट चाडपर्वलाई व्यवस्थित रुपमा मनाउनका लागी विभिन्न निर्णय गरेको छ । जस अन्तर्गत चाडवाडको समय गाउँ समाजमा शान्ति सुरक्षालाई असर पुग्ने गरी कसैले कार्य गरेमा तुरुन्तै प्रहरीलाई जानकारी गराउने निर्णय भएको छ ।

त्यस्तै कानुन बाट बर्जित प्रतिबन्धित खेल तासजुवा, लगायतका खेलहरू खेलाएमा कानुन बमोजिम कारवाही गर्ने । अवधै रुपमा घरेलु मदिरा कोही कसैले ओसार पसार, बिक्री वितरणका साथै सेवन गरे कानुन विपरित कार्यगरेको मानी कारवाही गरिने निर्णय भएको प्रहरी चौकी केर्खाका प्रहरी नायब निरीक्षक विष्णु दाहालले जानकारी दिनुभयो ।


त्यसैगरी चाडवाडलाई लक्षित गरी होटल लज तथा व्यापार व्यवसाय सञ्चालन गर्दा जिल्ला प्रशासन कार्यलय बाट जारी गरिएको नियम बमोजिम सञ्चालन गर्ने निर्णय गर्नुका साथै चाडवाडको समयमा सडकमा सवारीको चाप बढ्ने जसका कारण बढ दुर्घटनाहुने सम्भावना भएकोले सवारी चालकले ध्यान पूर्वक सवारी चलाउने ,सवारी चलाउँदा सिट बेल्ट र हेलमेट अनिवार्य लगाउने तथा सार्वजनिक सवारी साधनले बढी भाडा लिएको र बसस्टेण्डमा भन्दा वरपर रोकेमा तुरुन्तै ट्राफिक प्रहरीलाई खवर गर्ने निर्णय भएको चौकी दाहालले बताउनु भयो ।

 

 

प्रतिक्रिया
ताजा खबर
यो साता चर्चामा
सम्बन्धित समाचार
© copyright 2026 and all right reserved to kuinetonews.com   |   Site By : SobizTrend