logo
शुक्रबार, साउन २९ २०८३

झिलझिलेमा असोज २४ गते बाट दोस्रो सांस्कृतिक तथा साङगीतिक मिनी मेला २०८१ सञ्चालन हुने


  • कुइनेटो न्युज
  • शनिबार, असोज १९ २०८१

कमल । झापाको शिवसताक्षीमा नगरपालिका ८ मा झिलझिलेमा दोस्रो समाजसेवी सांस्कृतिक तथा साङगीतिक मिनी मेला २०८१ सञ्चालन हुने भएको छ ।
समाज सेवी क्लवको आयोजनामा यहि असोज २४ गते देखी मंसिर ३ गते सम्म शिवसताक्षी ८ हाटखोलामा मेला सञ्चालनहुने आज झिलझिलेमा पत्रकार सम्मेलनगरी आयोजकले जानकारी गराएको हो ।

क्लवले आयोजना गरेको पहिलो मेला बाट प्राप्त रकले नगरभित्रका विद्यालयमा अध्यायनरत विद्यार्थीलाई पोषाक वितरणका साथै विभिन्न समाजीक कार्य गरेको र यस मेला बाट प्राप्त रकम बाट समेत समाजीक क्षेत्रमा सहयोग गर्ने क्लवका पुर्व अध्यक्ष राजु त्रिखत्रीले बताउनु भयो ।

यहि असोज २४ गते देखी सञ्चालनहुने मेलामा पहिलो दिन एएस वेण्ड, २५ गते लिजाड वेण्ड, २६ गत डब्लुई वेण्ड, लगायत स्थानिय तथा राष्ट्रिय वेण्डको प्रस्तुति रहने क्लवका सल्लाहकार तथा शिवसताक्षी नगर खेलकुद विकास समितिका अध्यक्ष सुरज रिङलुङ्ग राईले जानकारी दिनुभयो ।

कार्यक्रम क्लवका अध्यक्ष मिलन सुब्बाको अध्यक्षतामा सम्पन्न भएको थियो ।

प्रतिक्रिया
ताजा खबर
यो साता चर्चामा
सम्बन्धित समाचार
© copyright 2026 and all right reserved to kuinetonews.com   |   Site By : SobizTrend