logo
शुक्रबार, साउन २९ २०८३

कमलेश्वरमा दुर्गाको मुर्ति प्राणप्रतिष्ठानका साथै अनावरण


  • कुइनेटो न्युज
  • शुक्रबार, असोज १८ २०८१

कमल । झापाको कमल गाउँपालिका १ स्थित कमलेश्वर दुर्गा मन्दिरमा दुर्गाको मुर्ति प्राणप्रतिष्ठान का साथ अनावरण गरिएको छ ।

दशै शुरु भएको पहिलो दिन घटस्थमपनाको शुभ साइत पारेर मन्दिरमा मुर्ति प्राणप्रतिष्ठान का साथै अनावरण गरिएको हो ।

दुर्गा मन्दिरमा प्राणप्रतिष्ठान गरिएको मुर्ती स्थानिय भिम कार्की र वहाँका परिवार बाट उपलब्ध गराएको हो ।मन्दिरमा उपलब्ध गराईएको मुर्तीको मुल्य ४ लाख रुपैया रहेको मन्दिर व्यवसथापन समितिले जनाएको छ ।

कोशी प्रदेशमा सभामुख अम्बर विष्टले यस्ता चाडपर्वले सबैलाई एकताको सुत्रमा बाँध्ने भएकोले सबैले मिलेर चाडपर्व मनाउनु पर्ने बताउनु भयो ।

समाज परिवर्तनको एउता उदाहरण भनेको भगवानमा आस्था राख्नु हो । भगवानमा आस्था राखेकै कारण हामिले कहिले नराम्रो काम नगरेको कमल गाउँपालिकाका उपाध्यक्ष प्रमिला न्यौपाने तिवारीले बताउनु भयो ।

मन्दिर व्यवसथापन समितिका अध्यक्ष विरेन्द्र कुमार खड्काको अध्यक्षतामा भएको कार्यक्रममा वडा अध्यक्ष केदार कटुवाल लगायत स्थानिय समाजसेवी लगाएतका व्यक्तिहरको उपस्थित रहेको थियो ।

कार्यक्रम नरेन्द्र जनता माध्यमिक विध्यालयका प्रधानाध्यापक बद्रि कार्कीले सन्चालन गर्नु भएको थियो भने नर बहादुर पोख्रेलले स्वगतगर्नु भएको थियो ।

त्यस्तै कमल ३ स्थित सुर्यविनायक किर्तन मण्डलीले समेत केराधाप चौकमा दुर्गा देवीको मन्दिर अनावरण गरेको छ ।
कमल गाउँपालिकाका उपाध्यक्ष प्रमिला न्यौपाने तिवारीले अनावरण गर्नु भएको दुर्गा देवीको मुर्ति स्थानिय समाजसेबी डिल्ली न्यौपानेले उपलब्ध गराउनु भएको दुर्गापुजा मुल आयोजक समितिका संयोजक गोविन्द ढुङ्गानाले बताउनु भयो ।

 

 

 

प्रतिक्रिया
ताजा खबर
यो साता चर्चामा
सम्बन्धित समाचार
© copyright 2026 and all right reserved to kuinetonews.com   |   Site By : SobizTrend