logo
शुक्रबार, साउन २९ २०८३

कमल गापाको निर्माणाधिन प्रशासनिक भवनको अध्यक्ष राई द्वारा शिलान्यास


  • उमानाथ भण्डारी
  • शुक्रबार, असोज १८ २०८१

कमल । कमल गाउँपालिकाको नयाँ प्रशासनिक भवनको एक कर्यक्रमका बिच शिलान्यास गरिएको छ ।
दशै शुरु भएको पहिलो दिन घटस्थमपनाको शुभ साइत पारेर गाउँपालिकाका अध्यक्ष हुकुमसिंह राईले भवनको शिलान्यास गर्नु भएको हो ।

शिलान्यास गरिएको प्रशासनिक भवनको लागत ६ करोड १३ लाख ९ हजार ७४३ रुपैयाको रहेको छ । भवन निर्माणकालागी २०८१ साल भदौ २६ गते सारा सृष्टी निमार्ण सेवा धनकुटा संग संम्झौता भएको र सो भवनको निर्माण कार्य २०८२ साल साउन २७ सम्पन्न गर्ने गरी निर्माण कम्पनी संग संम्झौता भएको गाउँपालिकाका ईन्जिनियर सागर यादवले जानकारी दिनुभयो ।

   निर्माण पुरा भएपछिको भवन यस्तो हुनेछ

कमल गाउँपालिका २ क्याम्पामा निर्माण हुनलनगेको भवनको क्षेत्रफल १ हजार ४१० दशमलव ११ वर्ग मिटर रहेक छ भने भवन साडे ३ तललाकोको हुनेछ । भवनमा जम्मा ३५ कोठा साथै लिफ्ट समेत रहने ईन्जिनियर यादवले बताउनुभयो ।

भवनको शिलान्यास कार्यक्रममा पालिका उपाध्यक्ष प्रमिला न्यौपाने तिवारी,प्रमुख प्रशासकिय अधिकृत केशव कुमार ढकाल ,वडा अध्यक्ष, कार्यपालिका सदस्य वडा सदस्य, कर्मचारी, राजनितिक दलका प्रमुख तथा प्रतिनिधिहरु, समाजसेवी र सरोकार वाला स्थानिय बासी लगायतको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया
ताजा खबर
यो साता चर्चामा
सम्बन्धित समाचार
© copyright 2026 and all right reserved to kuinetonews.com   |   Site By : SobizTrend