logo
शुक्रबार, साउन २९ २०८३

सडक खुलाउने विषय पहिलो प्राथमिकता


  • कुइनेटो न्युज
  • सोमबार, असोज १४ २०८१

काठमाडौ

भौतिक पूर्वाधार तथा यातायात मन्त्री देवेन्द्र दाहालले अवरुद्ध यातायात खुलाउने विषय अहिलेको पहिलो प्राथमिकता रहेको बताउनु भएको छ । आईतबार मन्त्रालयमा विभिन्न जिल्लाबाट आएका प्रतिनिधीहरुसँगको छलफलमा उहाँले बाढि र पहिरोले भत्किएका सडक मर्मत एवम् पहिरो पन्छाई यातायातलाई सहज बनाउन मन्त्रालयले पहिलो प्राथमिकतामा राखेको बताउनु भएको हो ।

पुल क्षतिग्रस्त भएका स्थानमा बेलिब्रीज राखेर तथा अन्य विकल्पहरुको पहिचान गरि आवागमन सहज बनाउन सडक विभाग मार्फत काम अघि बढाईएको समेत उहाँले जनाउनु भयो । यस्तै मन्त्री दाहालले बाढि पहिरोमा परि ज्यान गुमाउनेहरु प्रति श्रद्धाञ्जली व्यक्त गर्दै घाईतेहरुको शिघ्र स्वास्थ्य लाभको कामना पनि गर्नु भएको छ ।

ताप्लेजुङकी सांसद उर्मिला थेवे, खोटाङका पूर्व सांसद विशाल भट्टराई लगायतको प्रतिनिधि मण्डलसँग मन्त्री दाहालले छलफल गर्नु भएको हो । मन्त्रालयका सचिव केशवकुमार शर्माले पहिरो पन्छाउने र सडक खुलाउने कार्यका लागि देशै भरिका आवश्यक स्थानमा प्राविधिक, जनशक्ति तथा उपकरण परिचालन गरिएको बताउनुभयो । यस्तै सडक विभागका महानिर्देशक रामहरी पोखरेलले विभागले विभिन्न निकायहरु समन्वय गरेर सडकको अवरोध हटाउने कार्य गरि रहेको बताउनुभयो ।

प्रतिक्रिया
ताजा खबर
यो साता चर्चामा
सम्बन्धित समाचार
© copyright 2026 and all right reserved to kuinetonews.com   |   Site By : SobizTrend