कमल । झापाको कमल गाउँपालिका स्थित कमल नगर अस्पतालमा मानसिक स्वास्थ्य सम्बन्धी सेवा विस्तार हुनेभएको छ ।
आगामी असोज १६ गते बुधबार देखी प्रत्येक महिनाको तेस्रो बुधबार मानसिक स्वास्थ्य सम्बन्धी सेवा संचालन हुने कमल गाउँपालिकाका अध्यक्ष तथा अस्पताल सञ्चालन समितिका संयोजक हुकुमसिंह राईले बताउनु भयो ।
बिराट मेडिकल कलेज टिचीङ अस्पतालको प्राविधकि सहयोगमा सेवा सञ्चालन हुन छ भने बिरामीको स्वस्थ्य परिक्षण, परामर्श सेवाका साथै नियमित औषधी वितरण गरिने अस्पतालले जनाएको छ ।