logo
शुक्रबार, साउन २९ २०८३

नवोदय द्वारा २६ औं वार्षिक साधारणसभाको वार्षिक प्रतिवेदन सार्वजनिक


  • कुइनेटो न्युज
  • शुक्रबार, असोज ४ २०८१

कमल । नवोदय बहुउद्देश्यीय सहकारी संस्था लि. को २६ औं वार्षिक साधारणसभामा पेश गर्नका लागी तयार गरिएको वार्षिक प्रतिवेदन सार्वजनिक गरिएको छ ।
कमल गाउँपालिका ३ स्थित मुख्य कार्यालयमा आज बिहान एक कार्यक्रम बिच प्रतिवेदन सार्वजनिक गरिएको हो ।
संस्थाका वरिष्ठ उपाध्यक्ष तथा कार्यवाहक अध्यक्ष बलराम गजुरेल र लेखा सुपरीवेक्षण समितिका संयोजक कुबेर धन अधिकारीले संयुक्त रुपमा प्रतिवेदन सार्वजनिक गर्नुभएको हो ।

सार्वजनिक गरिएको प्रतिवेदनमा संस्थाले आर्थिक वर्ष २०८०÷०८१ को मा शेयर पुँजी जम्मा १२ करोड ३८ लाख ५ हजार रुपैयाँ , बचत ४७ करोड २७ लाख १८ हजार ४८५ रुपैयाँ, कर्जा लगानी ८१ करोड ७७ लाख १८ हजार १२८ रुपैयाँ , बिभिन्न कोषमा १३ करोड २३ लाख २० हजार ३७२ रुपैयाँ, कुल खर्च ११ करोड २३ लाख ३३ हजार ९६९ रुपैयाँ भई खुद आम्दानी १ करोड ६६ लाख ६९ हजार ५५८ रुपैयाँ नाफा भएको कार्यवाहक अध्यक्ष बलराम गजुरेलले बताउनु भयो ।

२०८१ साल कात्तिक २ गते बाट ईकाईगत साधारण सभा सुरु गरी कात्तिक १२ गते सोमवार मुख्य कार्यालय केर्खामा अन्तिम साधारण सभा ( माईन्युट प्रमाणीकरण ) गरिने छ । यसकालागी असोज १४ गते देखी २२ गते सम्म सबै सेवा केन्द्रमा प्रतिवेदन वितरण गरिने संस्थाका व्यवस्थापक रविन सुब्बाले जानकारी दिए ।

 

 

 

 

 

प्रतिक्रिया
ताजा खबर
यो साता चर्चामा
सम्बन्धित समाचार
© copyright 2026 and all right reserved to kuinetonews.com   |   Site By : SobizTrend