logo
शुक्रबार, साउन २९ २०८३

स्वर्णलक्ष्मी सहकारी पत्रकारिता पुरस्कार तथा सम्मान पोखरेललाई


  • कुइनेटो न्युज
  • बिहिबार, भाद्र २७ २०८१

दमक ।
स्वर्णलक्ष्मी सहकारी संस्थाले आफ्नो १५ औ बार्षिकोत्सवको अवसरमा सहकारी क्षेत्रमा निरन्तर कलम चलाएको भन्दै स्वर्णलक्ष्मी पत्रकारिता पुरुस्कार तथा सम्मानबाट झापा दमकका पत्रकार बिष्णुप्रसाद पोखरेललाई सम्मानीत गरेको छ । पोखरेल दूईदशकभन्दा अघि देखि दमकमा निरन्तर पत्रकारिता गर्दै आइरहनु भएको छ।

नगद् १० हजार सहित पुरस्कृत गर्दै सम्मान गरिएको हो । पोखरेललाई बार्षिकोत्सव कार्यक्रममा प्रमुख अतिथि राष्ट्रिय सहकारी महासंघका बरिष्ठ उपाध्यक्ष रमेश पोखरेल, दमक नगरपालिका उपप्रमुख रेगिना भट्टराई लगायतले दोसल्ला ओढाइ सम्मानपत्र प्रदान गर्नुभएको थियो ।

संस्थाका अध्यक्ष बुद्धिसागर बरालका अनुसार बर्षेनी एकजना पत्रकारलाई पुरुस्कार सहित सम्मान गरिदै आएको छ ।

प्रतिक्रिया
ताजा खबर
यो साता चर्चामा
सम्बन्धित समाचार
© copyright 2026 and all right reserved to kuinetonews.com   |   Site By : SobizTrend