logo
शुक्रबार, साउन २९ २०८३

शहिद धर्मभक्त मा.वि.मा प्रधानाध्यापक नियुक्तिको विषय लिएर सयुक्त संघर्ष समिति द्वारा पत्रकार सम्मेलन : शिक्षक भट्टराई लाई प्रअ नवनाउन अनुरोध


  • कुइनेटो न्युज
  • बिहिबार, भाद्र १३ २०८१

कमल । झापाको कमल गाउँपालिका ३ स्थित श्री शहिद धर्मभक्त माध्यमिक विद्यालयमा प्रधानाध्यापक नियुक्तिको विषय लिएर आज सयुक्त संघर्ष समितिले छ ।

विभिन्न आरोप लागेका  शिक्षकलाई पधानाध्यापक नियुक्ति गर्नु नहुने भन्दै विद्यालयका अभिभावक, पुर्व विद्यार्थी ,नागरिक समाजले संयुक्त रुपमा पत्रकार सम्मेलन गरेको हो ।

शिक्षा ऐन २०२८ को संशोधन सहित परिच्छेद १७ को दफा ९३(२) मा व्यवस्था भए अनुसार विद्यालयमा कार्यरत स्थायी शिक्षक मध्येबाट १० वर्ष सेवा अवधि पुरा गरेका ज्येष्ठ शिक्षक मात्र प्रधानाध्यापक हुनपाउने प्रावधान अनुसार विद्यालय व्यवस्थापन समितिले गत २०८१ साल साउन ३० गते शिव प्रसाद भट्टराईलाई प्रधानाध्यापक नियुक्ति गरेपछि विवाद सृजना भएको संयुक्त संघर्ष समितिका संयोजक दुरेन नेम्वाङ्ग बताउनुहुन्छ ।

२०८१ साल साउन २९ गते कमल गाउँपालिकाले प्रधानाध्यापक नियुक्ति गर्नु भनी नवराज नेम्वाङलाई अनुरोध गरेको पत्र अनुसार विद्यालय व्यवस्थापन समितिले प्रधानाध्यापक नियुक्ति नगरेको र विभिन्न आरोपलागेका व्याक्तिलाई प्रधानाध्यापक बनाउनु गलत भएकोले यसलाई सच्याउनु पर्ने आमा समुहकी अध्यक्ष शेलिना राई बताउनुहुन्छ ।

 

विद्यालयमा भएका विभिन्न बैठकमा आफुलाई जानकारी नगराउने र एकलौटी रुपमा महत्वपुर्ण निर्णय गर्ने गरेको र प्रधनाध्याप नियुक्ति जस्तो महत्वपुर्ण निर्णयगर्दा समेत आफुलाई कुनै जानकारी नभएको शिक्षक अभिभाव संघकी अध्यक्ष अमृता लामा बताउनुहुन्छ ।

विद्यालयमा कार्यरत स्थायी शिक्षकहरू मध्ये ज्येष्ठ शिक्षक विद्यालयको प्रशासनिक प्रमुख नियुक्त गर्ने विद्यालय शिक्षा ऐन तथा नियमावलीको स्पष्ट प्रावधान भए बमोजिम विद्यालय व्यवस्थापन समितिले आफ्नो अधिकार प्रयोग गरी प्रधानाध्यापकमा शिव प्रसाद भट्टराईलाई नियुक्ति गरेको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष लेखनाथ खतिवडा बताउनुहुन्छ ।

पत्रकास सम्मेलनको सहजीकरण संघर्ष समितिका सदस्य बसन्त राज सुब्बाले गर्नुभएको थियो ।

 

प्रतिक्रिया
ताजा खबर
यो साता चर्चामा
सम्बन्धित समाचार
© copyright 2026 and all right reserved to kuinetonews.com   |   Site By : SobizTrend