कमल । झापाको कमल गाउँपालिका ३ स्थित श्री शहीद धर्मभक्त माध्यमिक विद्यालयमा प्रधानाध्यापक नियुक्तिको विषय लिएर विगत केहिदिन देखी विद्यायलय पठनपाठनमा अवरोध भएको प्रति विद्यार्थीले व्यवस्थापन समितिलाई ध्यानाकर्षण गराएका छन् ।
विद्यालयमा अध्ययनरत विद्यार्थीले यसरी विद्यालयको पठनपाठनमा अवरोध पुग्नु भनेको विद्यालयमा प्रधानाध्यापक नियुक्तिको विषय भएको भन्दै यसलाई विध्यालय भन्दा बाहिर नै मिलाउनु पर्ने भन्दै व्यवस्थापन समितिको ध्यानाकर्षण गराएका हुन् ।
शिक्षा ऐन २०२८ को संशोधन सहित परिच्छेद १७ को दफा ९३(२) मा व्यवस्था भए अनुसार विद्यालयमा कार्यरत स्थायी शिक्षक मध्येबाट १० वर्ष सेवा अवधि पुरा गरेका ज्येष्ठ शिक्षक मात्र प्रधानाध्यापक हुन पाउने प्रावधान अनुसार विद्यालय व्यवस्थापन समितिले गत २०८१ साल साउन ३० गते विद्यालयमा कार्यरत स्थायी शिक्षकहरू मध्ये ज्येष्ठ शिक्षक विद्यालयको प्रशासनिक प्रमुख नियुक्त गर्ने विद्यालय शिक्षा ऐन तथा नियमावलीको स्पष्ट प्रावधान भए बमोजिम विद्यालय व्यवस्थापन समितिले आफ्नो अधिकार प्रयोग गरी प्रधानाध्यापकमा शिव प्रसाद भट्टराईलाई नियुक्ति गरेको थियो ।
२०८१ साल साउन २९ गते कमल गाउँपालिकाले प्रधानाध्यापक नियुक्ति गर्नु भनी नवराज नेम्वाङलाई अनुरोध गरेको पत्र अनुसार विद्यालय व्यवस्थापन समितिले प्रधानाध्यापक नियुक्ति नगरेको विषयलाई लिएर केही अभिभावक लगायत गैर अभिभावक लगायत मानिसहरूको भिड क्यामेरा सहित विद्यालय भित्र प्रवेश गरी शिक्षकहरूलाई जथाभावी गाली गलौज र धम्कीको भाषा दिएको समेत विद्यार्थीले व्यवस्थापन समितिलाई ध्यानाकर्षण गराएका छन् ।
विद्यालय भित्र प्रवेश गरेको भिडले व्यवस्थापन समितिले नियुक्त गरेको प्रधानाध्यापक शिव कुमार भट्टराईलाई झुटा आरोप लगाएको विद्यालयमा कक्षा १२ मा अध्ययनरत छात्रा तथा कमल गाउँपालिका ३ नम्बर वडाकी वाल सञ्जालकी अध्यक्ष श्रीयानसी ढुङ्गेल बताउनुहुन्छ ।
कसैको स्वार्थ पुरा गर्न झुटो आरोप लगाई शिक्षकलाई दुःख दिएरको प्रति समेत विद्यार्थीले दुख व्यक्त गर्दै विद्यालय भित्र गैर अभिभावक प्रवेश गरि अवान्छित गतिविधिहरू बन्द गरी विद्यालयलाई शान्ति क्षेत्रको बनाउनु पर्ने भन्दै व्यवस्थापन समितिको ध्यानाकर्षण गराएका हुन् ।
त्यसैगरी विद्यालयमा कार्यरत शिक्षकले समेत व्यवस्थापन समिति र कमल गाउँपालिकालाई ज्ञापन पत्र बुझाएका छन् ।
शिक्षकले बुझाएको ज्ञापन पत्रमा विद्यालयमा विगत केही दिन देखि प्रधानाध्यापकको विषयलाई लिएर अनावश्यक रुपमा बाहिरी मानिसहरू विद्यालय हातामा प्रवेश गरी विद्यालयको वातावरणमा असहज बनाई ज्ञापन पत्रमा उल्लेख गरिएको छ ।
गैर अभिभावका साथमा क्यामेरा बोकेका मानिस हरु संघर्ष समितिका नाममा विद्यालयमा प्रवेश गरी शैक्षिक वातावरण अशान्त बनाएको साथै विद्यार्थीहरुलाई कक्षाकोठाबाट ल्याई क्यामेरामा बोल्न लगाइएको तथा विद्यार्थीहरुलाई विद्यालय हाता बाहिर समेत लानुका साथै शिक्षकहरुलाई झुठा लालछना लगाउने, मनोबल गिराउने खालका गतिविधीहरु भएको समेत ज्ञापन पत्रमा उल्लेख गरिएको छ ।
व्यवस्थापन समिति ले नियम संगत नै प्रधानाध्यापक नियुक्ति गरेको छ । तर यस विषय प्रति केही असन्तुष्ट पक्षले मात्र यो विवाद श्रृजना गरेको हो । यसलाई छिट्टै समाधान गर्ने तर्फ व्यवस्थापन समिति लागी परेको विद्यालय व्यस्थापन समितिका अध्यक्ष लेखनाथ खतिवडाले बताउनु हुन्छ ।
विद्यालय हाताभित्र निर्विवाद रुपमा अध्ययन अध्यापन गर्न पाउने अधिकार सुनिश्चित गर्न सम्पूर्ण अभिभावक, विद्यार्थी, संघ, संगठन, राजनीतिक दल, शिक्षाप्रेम, बुद्धिजीवी वर्गमो विज्ञप्तीमा मार्फत अनुरोध गरेको छ ।