कमल । झापा कमलगाउँपालिका वडा नम्बर ३ बोहोरा टोलमापञ्चकन्या जलदेवीको मूर्ति स्थापनाको क्रममा यहाँका भक्तजनहरू बाजा गाजा सहित आज श्रीकृष्ण भगवानको रथयात्राको दिन माता जगतजननी पञ्चकन्या जलदेवीलाई विशेष रथमा सवारी गराई स्थानीय क्षेत्रका प्राणप्रतिष्ठित देवालयहरू, तीर्थ क्षेत्र, मन्दिर क्षेत्र, केर्खा बजार आसपासका सम्पूर्ण स्थानहरूमा परिक्रमा गर्दै भगवतीला पुनःबोहराटोलस्थित पञ्चकन्या जलदेवी मन्दिरमा
तन्त्र विधिद्वारा भगवतीलाई स्थापित गरिएको हो भने वैदिक पद्धति अनुसार मन्त्रको विधिद्वारा मूर्ति प्राण प्रतिष्ठा र केही महिना पश्चात् विशेष पर्वको अवसरमा भव्य कार्यक्रमको आयोजना गरी गरिने जानकारी मन्दिर निर्माण समितिका पदाधिकारीज्यूहरूले जानकारी दिनुभएको छ।
भगवतीको मूर्ति स्थापना भएको स्थान कस्तो स्थानको बारेमा
स्थानीयवासीहरूको जानकारी अनुसार
यस स्थानमा प्राचीन समयदेखि नै पुर्खाहरूले वरपिपल वृक्षहरूको आसपासमा देवीका शिला पत्थरहरू राखेर आफ्नो मनोकामना पूर्ण गर्नका निमित्त जलकन्या भगवती मातालाई पुकार्ने गरिन्थ्यो ।
अनि आफूले भाकेका हरेक कुराहरू भगवतीले पूरा गरिदिनुहुन्थ्यो
पछि केर्खा खोलामा आएको बाढीले सबै बगाएर लग्यो।
धेरै वर्षसम्म पुराना यी इतिहासहरूलाई
नयाँ मानिसहरूले वास्ता गरेनन्
तर विगत केही वर्ष यता त्यहाँ केही न केही संकेतहरू देखा पर्न थाले स्थानीय कृषकहरू घाँस दाउरा खोज्न र गाईवस्तु चराउन जाँदा पनि केही न केही संकेतहरू प्रशस्त मात्रामा देखिए ।
बोहोराटोल आसपासमा केही दैविक प्रकोपका घटनाहरू पनि देखिन थाले स्थानीय कसैले सपनामा केही संकेतहरू पनि पाउनुभयो । देवी मन्दिर भएको स्थानमा
केही प्राचीन कुराहरू पत्ता लाग्न थाले।
यो सबै भएपछि स्थानीय बुद्धिजीवीहरूलाई
त्यहाँको यथार्थबारे चासो बढ्न थाल्यो केही धामी झाँक्रीहरुलाई बोलाएर त्यो स्थानको अवलोकन तन्त्र साधनद्वारा गरियो ।
तत्पश्चात् धामी झाँक्रीहरूको जोखाना अनुसार नै कयौँ वर्ष पहिलेका त्यहाँका यथार्थ कहानीहरु सोहि स्थानमा मन्दिर भएको जानकारी ,देवता र देवीको पूजा भएको जानकारी अनि प्राचीन समयदेखि नै देवी देवताहरू प्रत्यक्ष विचरण गर्नुभएको स्थान रहेछ भन्ने प्रत्यक्ष प्रमाणहरू सहित पत्ता लाग्यो ।
अनि स्थानीय सबै मिलेर श्रमदान गरेर जग्गादाताले जग्गा दान गरेर
दानवीर दाताहरूले आवश्यक सामग्रीहरू दान गरेर साथै स्थानीय सम्पूर्णले आफूसँग जे छ त्यही कुरा जोहो गरेर दुःखका साथमा सुन्दर तथा दिव्य भगवतीको दरबार यानि मन्दिर निर्माण गरियो ।
पुराना तिनै भेटिएका शिला पत्थर हरू राखेर पूजाआराधना गर्न थालियो त्यसपछि ती गाउँमा देखिएका धेरैजसो समस्याहरू सुधार हुँदै शुभ संकेत प्राप्त हुन लागे।
आज सोही मन्दिरमा दाताहरू बाट प्राप्त भएको भगवतीको दिव्य मूर्ति तान्त्रिक विधानद्वारा विधिपूर्वक स्थानीयहरूको सक्रियतामा स्थापना गरियो ।
अहिले स्थानीय सम्पूर्ण भक्तजनहरू र गाउँमा रहनुहुने सबै व्यक्तिहरु शान्त र आनन्दका साथमा हुनुहुन्छ।
भगवतीले सबैको मनोकामना पूरा गरिदिनुभएको छ ।