logo
शुक्रबार, साउन २९ २०८३

विद्यालयमा प्रधानाध्यापक नियुक्ति कानुन सम्मत गरेका छौं : व्यवस्थापन समिति


  • उमानाथ भण्डारी
  • बिहिबार, भाद्र ६ २०८१

कमल । कमल गाउँपालिका ३ स्थित श्री शहीद धर्मभक्त माध्यमिक विद्यालयमा प्रधानाध्यापक नियुक्तिको विषयलाई लिएर विगत केही दिन देखि विद्यालय हाता भित्र विभिन्न समूहका नाममा विना अनुमति प्रवेश गरी विद्यालयको दैनिक पठनपाठन लगायत प्रशासनिक काममा वाधा पुर्याएको प्रति विद्यालय व्यवस्थापन समितिको गम्भिर ध्यानाकर्षण भएको छ ।

विद्यालयमा प्रधानाध्यापक नियुक्तिको विषयलाई लिएर विगत केही दिन देखि विद्यालय परिसर भित्र विभिन्न समूहका नाममा विना अनुमति प्रवेश गरी विद्यालयको दैनिक पठनपाठन लगायत प्रशासनिक काममा पुर्याउदै आएको वाधा प्रति विद्यालय व्यवस्थापन समितिको गम्भिर ध्यानाकर्षण भएको प्रेस विज्ञप्ती मार्फत जानकारी गराएको छ ।

विद्यालयले प्रकाशन गरेको प्रेस विज्ञप्ती अनुसार २०८१ साल साउन ३० गते विद्यालयमा कार्यरत स्थायी शिक्षकहरू मध्ये ज्येष्ठ शिक्षक विद्यालयको प्रशासनिक प्रमुख नियुक्त गर्ने विद्यालय शिक्षा ऐन तथा नियमावलीको स्पष्ट प्रावधान भए बमोजिम विद्यालय व्यवस्थापन समितिले आफ्नो अधिकार प्रयोग गरी प्रधानाध्यापकमा शिव प्रसाद भट्टराईलाई नियुक्ति गरेको थियो ।

२०८१ साल साउन २९ गते कमल गाउँपालिकाले प्रधानाध्यापक नियुक्ति गर्नु भनी नवराज नेम्वाङलाई अनुरोध गरेको पत्र अनुसार विद्यालय व्यवस्थापन समितिले प्रधानाध्यापक नियुक्ति नगरेको विषयलाई लिएर विद्यालयको पठनपाठनमा अवरोध पुग्नेगरि गरिएका अवान्छित गतिविधिहरू विद्यालय शान्ति क्षेत्रको प्रावधान विपरित भएको विद्यालय प्रकाशनले जनाएको छ ।

शिक्षा ऐन २०२८ को संशोधन सहित परिच्छेद १७ को दफा ९३(२) मा व्यवस्था भए अनुसार विद्यालयमा कार्यरत स्थायी शिक्षक मध्येबाट १० वर्ष सेवा अवधि पुरा गरेका ज्येष्ठ शिक्षक एक मात्र प्रधानाध्यापक हुनपाउने प्रावधान भएकोले सो अनुसार विद्यालय व्यवस्थापन समितिले निर्णय गर्नु न्यायोचित तथा कानुन अनुरूप रहेको व्यहोरा समेत विज्ञप्तीमा उल्लेख गरिएको छ ।

विद्यालय हाताभित्र निर्विवाद रुपमा अध्ययन अध्यापन गर्न पाउने अधिकार सुनिश्चित गर्न सम्पूर्ण अभिभावक, विद्यार्थी, संघ, संगठन, राजनीतिक दल, शिक्षाप्रेम, बुद्धिजीवी वर्गमा विद्यालय व्यवस्थापन समितिले विज्ञप्तीमा मार्फत अनुरोध गरेको छ ।

प्रतिक्रिया
ताजा खबर
यो साता चर्चामा
सम्बन्धित समाचार
© copyright 2026 and all right reserved to kuinetonews.com   |   Site By : SobizTrend