दमक, नेकपा एमाले अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीको गृह जिल्ला झापा निर्वाचन क्षेत्र न. ५ वाट हिजोको दिनमा भुलवस एमाले पार्टी छोडेर एकीकृत (समाजवादी)मा रहनु भएका नेता कार्यकर्ता आजवाट एमालेमा प्रवेश गर्नु भएको छ ।
मेची बहुउद्धेश्यीय सहकारी संस्था दमकको सभाहलमा आज पत्रकार सम्मेलन गरी नेकपा एकीकृत समाजवादीका कोशी प्रदेश कमिटी सदस्यहरु राजेन्द्र दाहाल,मणी भण्डारी सहितका जिल्ला,नगर,पालिका र जनसंगठनका ६७ जना नेता कार्यकर्ता एमालेमा समाहित भएका हुन् ।
एकीकृत समाजवादी पार्टी छोडेर घर फर्किएकाहरुलाई एमाले केन्द्रीय सदस्य तथा झापा इन्चार्ज रोम नाथ ओली र केन्द्रीय सदस्य दिपक कार्की लगायतले खदा लगाएर स्वागत गर्नु भएको थियो । पार्टी प्रवेशको अगुवाई गर्नु भएको नेता दाहालले कार्यक्रममा बोल्दै हिजो हावा हुरी आएको वेला एमाले छोडेर गए पनि अव एकीकृत समाजवादी पार्टीको भविष्य नरहेको हुदा अहिले माउ पार्टीमा समाहित भएको बताउनु भयो ।
एमाले पार्टी को निर्वाचन क्षेत्र न.५ ख लाई सुदृढ र एकताबद्ध बनाउने उद्धेश्यले विधानत पार्टी सदस्यता नविकरण गर्ने,सदस्यता प्राप्त गर्नेलाई योग्यता र क्षमताको आधारमा उपयुक्त जिम्मेवारी दिने वारम्वारको छलफल पछि सहमति भएको नवप्रवेशी दाहालले पत्रकार सम्मेलनमा बताउनु भयो । उहाँहरुलाई योग्यता र क्षमताको आधारमा सम्वन्धित पार्टी तहको नेतृत्वले जिम्मेवारी दिने एमाले केन्द्रीय सदस्य तथा झापा इन्चार्ज ओलीले बताउनु भएको छ ।
पार्टी प्रवेश गर्नेहरुमा एकीकृत समाजवादीका कोशी प्रदेश कमिटी सदस्यहरु राजेन्द्र दाहाल,मणी भण्डारी,दमक नगरको पूर्व अध्यक्ष,जिल्ला कमिटी सदस्य महेश घिमिरे, जिल्ला सदस्यहरु चन्द्रकला भण्डारी,शसीराज पौडेल,तोया सापकोटा,हरिकृष्ण पौडेल,खगेन्द्र बाह्रकोटी,राम लुइटेल र चन्द्रमणी अधिकारी रहेका छन् ।
यसै गरी समाजवादी निकट अनेरास्वीयु केन्द्रीय सचिवालय सदस्यहरु रोशन भण्डारी ,मदन गुरुङ्ग, समाजादीकै नेपाल खेलकुद महासंघ केन्द्रीय सदस्य उमेश चम्लागाई, समाजवादी पार्टीको दमक नगर सचिवालय सदस्य चन्द्रमणी थापा,खेलकुद महासंघ झापा कोषध्यक्ष सुदिप सागर भटराई(सौरव),अनेरास्वियु दमक क्याम्पस समिति पूर्व अध्यक्ष आयुष्मान पोखरेल, अखिल फोर्स दमक नगर संयोजक रतन चाम्लिङ्ग राई,सहसंयोजक सागर ढकाल(सावन) अनेमसंघ नगर सदस्यहरु जमुना लिम्वू र रेनुका ढुङ्गगाना दाहाल एमालेमा प्रवेश गरेको विज्ञप्तिमा उल्लेख छ ।
समाजवादीकै अखिल फोर्स नगर संयोजक रतनको नेतृत्वमा नगर समितिका १७ जना,अनेरास्वियु दमक क्याम्पस समितिका अध्यक्ष रविन अधिकारी सहित १५ सदस्य र तोया सापकोटाको अगुवाईमा कमल गाउँ घर भएका समाजावादी जिल्ला समिति सदस्य र पार्टी सदस्य १६ जना समाजवादी पार्टी छोडेर एमाले प्रवेश गरेको एमाले दमक नगर अध्यक्ष राम पौडेलले जानकारी दिनु भयो ।