logo
शुक्रबार, साउन २९ २०८३

ग्रिनकार्डको प्रलोभनमा मौरिसस पुर्‍याई मानव बेचबिखन गरेको आरोपमा एकजना पक्राउ


  • कुइनेटो न्युज
  • बुधबार, साउन ३० २०८१

कमल । ग्रिनकार्डको प्रलोभन देखाएर मौरिसस पुर्‍याई मानव बेचबिखन गरेको आरोपमा एक जना पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा झापाको कमल गाउँपालिका–१ घर भएका५४ वर्षीय बुद्धिराज न्यौपाने हुन् । मानव बेचबखिन अनुसन्धान ब्यूरोको टोलीलेवहाँलाई सोमबार काठमाडौंको गौरीघाटबाट पक्राउ गरेको हो । वहाँविरुद्ध मानव बेचबिखन तथा ओसारपसारको कसुरमा ५ दिनको म्याद लिएर अनुसन्धान अघि बढाइएको ब्यूरोकाप्रवक्ता तथा एसपी गौतम मिश्रले बताउनुभयो ।

न्योपानेले आर्थिक अवस्था कमजोर भएकी एक महिलालाई मासिक ७० हजार कमाई हुने भन्दै मौरिसस पठाइदिने र केही समयमै ग्रिनकार्ड हुने आश्वासन निुभएको थियो ।
पूर्वयोजना अनुसार मौरिससस्थित एअरपोर्टमा ती महिलालाई एक मौरिसस नागरिकले रिसिभ गरेका थिए । मौरिसस नागरिकले भने नेपाली महिलालाई न्यौपानेमार्फत आफूले खरिद गरेको भन्दै दैनिक १८ घण्टासम्म काममा लगाउने र चरम यौन र श्रमशोषण गरेको आरोप छ ।

मौरिसस नागरिकको घरबाट फरार भई उनी पोर्चुगल रहेको नेपाली नागरिकको सहयोगमा २० असार २०८१ मा नेपाल आएर ब्यूरोमा जाहेरी दिएकी थिइन् । त्यसपछि न्यौपानेलाई पक्राउ गरेर अनुसन्धान अघि बढाइएको ब्यूरोले जनाएको छ ।

ती महिलाबाट उनले २ लाख ५० हजार रुपैयाँ समेत लिएको खुलेको छ । ती महिलालाई नेपालबाट भारतको दिल्ली हुँदै १३ माघ २०८० मा मौरिसस पुर्‍याईएका थियो ।

प्रतिक्रिया
ताजा खबर
यो साता चर्चामा
सम्बन्धित समाचार
© copyright 2026 and all right reserved to kuinetonews.com   |   Site By : SobizTrend