logo
शुक्रबार, साउन २९ २०८३

झापा जिल्ला अदालतमा थुनुवा कक्ष उद्घाटन


  • कुइनेटो न्युज
  • सोमबार, साउन २८ २०८१

कमल । भद्रपुर नगरपालिका को सहयोगमा झापा जिल्ला अदालतमा निर्माण भएको थुनुवा कक्ष एक कार्यक्रमका बीच उद्घाटन भएको छ ।

झापा जिल्ला अदालतका प्रमुख न्यायाधीश अषोक कुमार बस्नेतको अध्यक्षतामा झापा जिल्ला अदालतमा भएको उक्त उद्घाटन कार्यक्रममा झापा जिल्ला अदालतका माननीय न्यायाधीश प्रकाश कुमार अधिकारी, तेजबहादुर खड्का, नविनकुमार जोशी, नगेन्द्र केशरी पोखरेल, रामप्रसाद पौडेल, भद्रपुर नगरपालिकाका नगर प्रमुख गणेश पोखरेल, उप प्रमुख राधा कार्की, प्रमुख प्रशासकिय अधिकृत सुनिल निरौला, श्रेस्तेदार किरणकुमार सिंह, जिल्ला सरकारी वकिल कार्यालय झापाका प्रमुख रुद्रआचार्य, जिल्ला प्रहरी कार्यालयका, बार इकाई झापा र कारागार कार्यालय झापाका प्रतिनिधि लगायत अदालतका शाखा अधिकृत कर्मचारीहरु समेतको उपस्थिति रहेको थियो ।

साथै झापा जिल्ला अदालतका प्रमुख न्यायाधीश बस्नेत र भद्रपुर नगरपालिकाका नगर प्रमुख पोखरेलले संयुक्त रुपमा थुनुवा कक्षको उद्घाटन गर्नु भएको थियो ।

मुद्दामा पुर्पक्षको क्रममा कारागार कार्यालय झापामा रहेका एवं अनुसन्धानको क्रममा जिल्ला प्रहरी कार्यालय र मातहत ईलाका प्रहरी कार्यालयमा हिरासतमा रहेका फौजदारी अभियोग लागेका प्रतिवादीहरू मुद्दाको प्रक्रियागत सिलसिलामा अदालतमा उपस्थित गराउदा सुरक्षित तवरले राख्नको लागी अदालतमा थुनुवा कक्ष निर्माण भएको अदालतका प्रमुख न्यायाधीश बस्नेतले बताउनुभयो ।

त्यस्तैगरी, यसअघि थुनुवाहरूले निजहरूका आफन्तसंग भेटघाट गर्न पाइएन भन्ने गुनासो आउने गरेकोमा अव थुनुवा कक्ष निर्माण भएसंगै थुनुवासंग निजहरूका आफन्तले छोटो भेटघाट र बोलचाल गर्न समेत सकिने भएको छ भनी अदालतका श्रेस्तेदार सिंहले बताउनुभयो ।

करिब ३० जना बस्न मिल्ने, महिला र पुरुषको फरक फरक शौचालय रहेको, स्टेन फेन सहितको थुनुवा कक्ष निर्माण समेतका लागी भद्रपुर नगरपालिका बाट १० लाख रुपैया सहयोग प्राप्त भएको र थुनुवा कक्षको निर्माणले सरोकारवाला सेवाग्राहीको गुनासो समेत सम्बोधन हुने अदालत प्रशासनले जनाएको छ ।

कार्यक्रमको संचालन अदालतको प्रशासन शाखाका शाखा अधिकृत रामचन्द्र बस्नेतले गर्नु भएको थियो ।

 

 

 

 

प्रतिक्रिया
ताजा खबर
यो साता चर्चामा
सम्बन्धित समाचार
© copyright 2026 and all right reserved to kuinetonews.com   |   Site By : SobizTrend