logo
शुक्रबार, साउन २९ २०८३

३० औं विश्व आदिवासी दिवसका अवसरमा नेफिन कमल द्वारा दीप प्रज्वलन


  • उमानाथ भण्डारी
  • शनिबार, साउन २६ २०८१

कमल । ३० औं विश्व आदिवासी दिवसका अवसरमा नेपाल आदिवासी जनजाति महासङ्घ (नेफिन) कमल गाउँपालिका समन्वय परिषद द्वारा दीप प्रज्वलन गरिएको छ ।

३० औं विश्व आदिवासी दिवसको सन्दर्भमा नेफिन कमल गाउँ समन्वय परिषद द्वारा आयोजित दीप प्रज्वलनको उद्घाटन किराँत राई यायोक्खा कोशी प्रदेश अध्यक्ष पारसमणी राई र कमल गाउँपालिका ३ नम्बर वडा अध्यक्ष अग्निप्रसाद कोइरालाले संयुक्त रुपमा गर्नु भएको थियो ।

“पहिचान, अधिकार सुनिश्चितताको लागि आदिवासी जनजाति आन्दोलनमा सहभागी बनौ, परम्परागत ज्ञान र सीपको प्रबर्द्धन गर्दै पुर्ख्यौली भूमि, भाषा र संस्कृतिको संरक्षण गरौँ” नारासहित विश्वभर जहाँ भएपनि आदिवासीहरू एक जुट भएर आदिवासी जनजाति आन्दोलनमा लाग्नुपर्ने किराँत राई यायोक्खा कोशी प्रदेशका अध्यक्ष पारसमणि राईले बताउनु भयो ।

परिषद् कमलका अध्यक्ष बदी साम्पाङ्ग राईको अध्यक्षतामा आयोजित कार्यक्रममा आदिवासी रङ्गशाला तथा स्मृति प्रतिष्ठानका कार्यवाहक अध्यक्ष दीपेनवाला राई, कमल गाउँपालिका ३ नम्बर वडा सदस्य एङ्गल गुरुङ्ग परिषद कमलका कार्यसमित सदस्य , नेफिनका नेता लगायत कमल गाउँपालिकामा रहेका १९ वटा जातीय सङ्घसंस्थाका प्रमुख तथा प्रतिनिधी हरुको उपस्थिति रहेको थियो । कार्यक्रमको सञ्चालन नेफिन कमलका उपाध्यक्ष तीर्थराज ताजपुरियाले गर्नुभएको थियो ।

 

प्रतिक्रिया
ताजा खबर
यो साता चर्चामा
सम्बन्धित समाचार
© copyright 2026 and all right reserved to kuinetonews.com   |   Site By : SobizTrend