logo
शुक्रबार, साउन २९ २०८३

कमल नगर अस्पतालमा डा. पौडेललाई भव्य स्वागत


  • कुइनेटो न्युज
  • आइतबार, साउन १३ २०८१

कमल । कमल गाउँपालिका २ स्थित कमल नगर अस्पतालमा आउनु भएका डाक्टर डा. रिजन पौडेललाई स्वागत गरिएको छ ।

आम्दा अस्पताल दमक बाट दैनिक बिरामी जाँच तथा उपचारका लागि आउनु भएका डाक्टर पौडेललाई अस्पतालमा एक कार्यक्रमको आयोजना गरी स्वागत गरिएको थियो ।

अस्पतालमा आउनु भएका डाक्टर पौडेललाई कमल गाउँपालिका उपाध्यक्ष प्रमिला न्यौपाने तिवारीले खादा ओढाएर तथा पुष्पगुच्छा दिएर स्वागत गर्नुभएको थियो ।

गाउँपालिकाका उपाध्यक्ष न्यौपानेको अध्यक्षतामा सम्पन्न कार्यक्रममा प्रमुख प्रसाशकिय अधिकृत केशव कुमार ढकाल ,३ नम्बर वडा अध्यक्ष अग्नि प्रसाद कोइरालाले डाक्टर पौडेललाई सफल कार्यकालको शुभकामना दिनुभएको थियो ।

स्वगत कार्यक्रममा २ नम्बर वडा अध्यक्ष अशोक सुब्बा , लेखा अधिकृत सृजना राई, कमल नगर अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा। फुलक चन्द्र लावती, स्वास्थ्य शाखाका प्रमुख बिनु थापा, अधिकृत कुशल श्रेष्ठ,महेन्द्र रत्न माध्यमिक विद्यालय व्यवस्थापन समितिका अध्यक्ष पवन चामलिङ्ग तथा अस्पतालका कर्मचारीलगायतले डाक्टर पौडेललाई स्वागत गर्नु भएको थियो ।

कार्यक्रममा उपस्थित सहभागीलाई कमल नगर अस्पतालका जनस्वास्थ्य निरीक्षक दीपक दाहालले शाब्दिक शब्द द्वारा स्वागत गर्नु भएको थियो ।

 

 

प्रतिक्रिया
ताजा खबर
यो साता चर्चामा
सम्बन्धित समाचार
© copyright 2026 and all right reserved to kuinetonews.com   |   Site By : SobizTrend