logo
शुक्रबार, साउन २९ २०८३

सडकमर्मत र संरक्षण प्रभावकारी बनाउन मन्त्री दाहालको निर्देशन


  • कुइनेटो न्युज
  • बुधबार, साउन ९ २०८१

काठमाडौ÷भौतिकपूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहालले सडक मर्मत र संरक्षणलाई चुस्तबनाउन निर्देशन दिनुभएको छ ।

मन्त्रालय अन्तर्गतका विभिन्न निकाय तथा कार्यालयहरुको अनुगमनका क्रममा सडक वोर्ड नेपालमा पुग्नु भएकामन्त्री दाहालले वर्षायाममा यात्रु अलपत्रनहुने गरि सुरक्षित रुपमा सडक मर्मत र सुरक्षामा परिचालितहुन निर्देशनदिनु भएको हो ।

अधिकांश नेपाली यात्रु सडक मार्गमानै निर्भर रहेकाले यसलाई अवरुद्ध हुन नदिने गरि सवै कार्यालय र जनशक्ति परिचालितगर्न उहाँको निर्देशनथियो । सडक निर्माणसँगै मर्मत र संरक्षण पनि जरुरी रहेको भन्दै मन्त्री दाहालले मुख्य राजमार्ग, सहायक राजमार्ग तथा ग्रामिण सडकहरुको नियमित मर्मतलाई प्रभावकारी बनाई यातायातलाई सरल र सहजबनाउन समेत उहाँले वोर्डलाई निर्देशनदिनुभयो ।

त्यस क्रममा मन्त्रालयका सचिव गोपाल प्रसाद सिग्देलले वोर्डलाई प्रभावकारी बनाउने केहि नीतिगत सुधारको कदम अघि बढि सकेको मन्त्री दाहाललाई जानकारी गराउनुभयो । वोर्डका कार्यकारी निर्देशक गणेशबहादुर केसीले वोर्डलाई प्राप्तहुने विभिन्न श्रोतको रकम सोझै वोर्ड माप्राप्तहुने कानुनीव्यवस्था रहेकाले त्यसलाई कार्यान्वयनगरि दिन मन्त्री समक्ष माग गर्नु भयो ।

प्रतिक्रिया
ताजा खबर
यो साता चर्चामा
सम्बन्धित समाचार
© copyright 2026 and all right reserved to kuinetonews.com   |   Site By : SobizTrend