झिलझिले , झापाको शिवसताक्षी–८ झिलझिलेबाट प्रकाशन हुँदै आएको साप्ताहिक सतासी खबर पत्रीकाले मंगलवार १४औं वार्षिकोत्सव मनाएको छ । २०७६ साउन ८ गतेबाट साताको सोमबार प्रकाशन हुँदै आएको सतासी पत्रिकाले १३औं वर्ष पुरागरेर १४औं वर्षमा प्रवेश गरेको अवसरमा झिलझिले स्थित कार्यालयमा बार्षिकोत्सव मनाएको हो ।
शिबसताक्षी नगर प्रमुख मेघाहाङ (रोशन थोप्रा) ले कार्यक्रममा १४औ बार्षिकोत्सवको ब्यानर बाचन गर्नुका साथै केक काटेर उद्घाटन गर्नुभएको थियो । कार्यक्रमको उद्घाटनपछि आफ्नो बिचार राख्नुहुँदैं नगर प्रमुख थोप्राले नगरको एक मात्र छापा संस्थालाई टिकाइ राख्न आवस्यक सहयोग गर्दै आएको र त्यस सहयोगलाई आागमी दिनमा समेत निरन्तरता दिने बताउनुभयो । नगर प्रमुख थोप्राले पत्रीकाले नगरमा सम्पन्न भएका र आयोजना हुने कार्यक्रमका बारेमा सत्य–तथ्य सुचना मात्र सम्प्रेषण गर्न समेत आग्रह गर्नु भयो ।
त्यसैगरि, पत्रकार महासघ झापाका अध्यक्ष एकराज गिरीले निष्पक्ष, भयरहित र स्वतन्त्र रहँदै समाजमा घटेका विसंगति, कुरुति र विकृतिको भण्डाफोर गर्दै समाजलाई दिशाबोध गर्दै आएको पत्रीकाको थप सफलताको शुभकामना व्यक्तगर्नु भयो ।
पूर्व नगर प्रमुख चन्द्र शेर्माले समाजमा अमनचयन, शान्ति, सुरक्षा र सुशासन कायम राख्न यसले सन्तुलित भूमिका निर्वाह गर्दै आइरहेको पत्रिकालाई शुभेच्छा व्यक्त गर्नुभयो । शेर्माले प्रेस स्वतन्त्रताको प्रत्याभूति र ग्यारेन्टी गर्न पत्रीकाले खेलेको भूमिका पनि उतिकै दर्विलो भएको बताउनुभयो ।
कार्यक्रममा आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) का नेता, झापाका अग्रज पत्रकार दिपिन राईले निकै कठिन यात्राहरु छिचोल्दै १४औं वर्षमा प्रवेश गर्दैगरेको सतासी साप्ताहिकले निरन्तरता पाइरहनु गौरवको विषय भएको बताउनुभयो । वहाँले केही व्याक्तिहरु मिलेर पत्रिका प्रकाशन गरेको भएपनि त्यो समाज र राष्ट्रको साझा सम्पती भएको बताउनुहुँदै पत्रिकालाई बचाउनका लागि स्थानीय सरकार र अरु संचेत व्याक्तिहरुको भूमिका आवश्यक रहने बताउनुभयो ।
स्थानीय युवाहरुको सक्रियतामा २०६८ सालदेखि तत्कालिन सतासीधामस्थित झिलझिलेबाट सतासी साप्ताहिक पत्रिका प्रकाशन सुरु गरेका थिए ।
कार्यक्रममा पत्रिकाका सस्थापक सम्पादक अनिलदेब राईले सतासी साप्ताहिकले सुविधाबाट बञ्चित ग्रामिण क्षेत्रका गतिविधिहरुलाई सुविधासहितका शहर बजारहरुसम्म खबरका रुपमा पुर्याउन पत्रिका प्रकाशन सुरु गरिएको बताउनुभयो ।
राईले सतासीधाम लगायत स्थानीय गाविसहरुका कृषि उपजहरु, सामाजिक क्षेत्रका गतिविधिहरु, विकासका कार्यहरु, धार्मीक र पर्यटकीय प्रवर्दनका विषयमा सतासी साप्ताहिकले सवाल–जवाफहरु उठाउने उदेश्यसहित पत्रिका प्रकाशन सुरु भएको बताउनुभयो ।
कार्यक्रमको सञ्चालन सेलिङ केसी र धन्यवाद मन्तव्य छबिलाल दवाडीले गर्नुभएको थियो । सो अवसरमा सभाको अध्यक्ष योगेन लावतीले यस पत्रीकालाई यहाँसम्म आइपुग्न भरपूर सहयोग गर्नु हुने स्थानिय, प्रदेश र संघीय सरकारसहित विज्ञापनदाता र पाठकलाई धन्यवाद दिनुभयो ।