कमल । कमल गाउँपालिकाले आज सार्वजनिक सुनवाई कार्यक्रम सम्पन्न गरेको छ ।
कमल गाउँपालिकाको आयोजना तथा हिमशिखर टेलिभिजनको प्राविधिक सहयोगमा सार्वजनिक सुनवाई कार्यक्रम सम्पन्न भएको हो ।
कार्यक्रममा चालु आर्थिक वर्षमा पालिका बाट सम्पन्न भएका विभिन्न योजनाको अवस्थाका , सूचना प्रवाहका वारेका गाउँ वासिका तर्फ बाट जिज्ञासाका साथै सुझाव राखिएको थियो ।
नगरीक बाट प्राप्त जिज्ञासालाई गाउँपालिकाका अध्यक्ष हुकुम सिंह राई, उपाध्यक्ष प्रमिला न्यौपाने तिवारी, प्रमुख प्रशासकीय अधिकृत राजकुमार शाक्यले प्रष्ट पार्दै नागरिक बाट प्राप्त सुझाव कार्यन्वयन गर्ने प्रतिवद्धता जनाउदै आगामी दिनमा पालिकालाई सूचना मैत्री बनाउदै लगिने बताउनु भयो ।
वडा स्तरमा उठेका जिज्ञासाको, सम्बन्धित २ नम्बर वडा अध्यक्ष अशोक सुब्बा, ७ वडा नम्बर अध्यक्ष पृथ्वीप्रति राईले प्रष्ट पार्नु भएको थियो भने विषयगत शाखामा उठेका जिज्ञासालाई सम्बन्धित शाखाका प्रमुख अन्तर्गत कृषि विकास शाखा प्रमुख महेन्द्र बोहोरा, पशुसेवा शाखा प्रमुख दिपेन्द्र लामिछाने, बालबालिका शाखा प्रमुख रिता कार्की लगायतले सेवाग्राहीले राखेका जिज्ञासालाई प्रष्ट पार्नु भएका थियो ।
कार्यक्रमको सहजीकरण हिमशिखर टेलिभिजनका कार्यक्रम प्रस्तोता उमानाथ भण्डारीले गर्नु भएको थियो ।