logo
शुक्रबार, साउन २९ २०८३

घाईते देविमायालाई आर्थिक सहयोग प्रदान


  • कुइनेटो न्युज
  • शनिबार, असार १६ २०८१

कमल । स्थानिय वासी द्वारा कमल गाउपालिका ७ गेउरिया निवासी देविमाया माझीलाई आर्थिक सहयोग प्रदान गरेको छ ।

वडा नं ७ स्थित हाम्रो गेउरिया राम्रो बजार मा गत हप्ता सिलिन्डरको पाईप लिक भई निस्किएको आगोले देविमाया माझी (माझीनी माईली)को शरिरको तल्लो भाग पुरै जलेर घाईते हुनुभएको थियो ।

घाईते भई हाल बिराटनगर स्थित संजीवनी अस्पतालमा उपचार भईरहेको र बिरामीको आर्थिक अवस्था अत्यतै कमजोर रहेको र उपचारमा समस्या भएकोले स्थानिय सृजनशील युवा क्लब,गेउरिया बजार ब्यवस्थापन समिती ,बिष्णुकठ्ठा टोल विकास समिती,गेउरिया युवा परिवार को अगुवाईका साथै कमल गाउँपालिका ७ नम्वर वडाको सहयोगमा विरामीकी आमालाई आर्थिक सहयोग गरेको स्थानिय विक्रम निरौलाले जानकारी दिनुभयो ।

स्थानिय बाट संकलित ७२ हजार ५१५ रुपैया वडा अध्यक्ष पृथ्वीपति राईको हातबाट बिरामीको छोरी जानुका माझीलाई  हस्तान्तरण गरेको बिष्णु कट्टा टोल विकास सस्थामा अध्यक्ष अकल बहादुर गुरुङ्गले जानकारी दिनुभयो ।

 

 

 

प्रतिक्रिया
ताजा खबर
यो साता चर्चामा
सम्बन्धित समाचार
© copyright 2026 and all right reserved to kuinetonews.com   |   Site By : SobizTrend