logo
शुक्रबार, साउन २९ २०८३

चुलचुलीमा एक दिने पशु बिमा सम्बन्धी अन्तरक्रिया


  • कुइनेटो न्युज
  • बुधबार, असार १३ २०८१

कमल ।  ईलालको चुलाचुलीमा गाउँपालिकामा एक दिने पशु बिमा सम्बन्धी अन्तरक्रिया गोष्ठि सम्पन्न भएको छ ।

चुलाचुली गाउँपालिका पशुसेवा शाखाको वार्षिक स्विकृत कार्यक्रम अन्तर्गत गाउँपालिकामा व्यवसायीक रुपमा पशुपालन गर्दै आउनु भएका कृषकलाई लक्षित गरेर पशुविमा सम्बन्धीको अन्तरक्रिया गोष्ठिको आयोजना गरिएको पशुसेवा शाखाका प्रमुख महेश राईले जानकारी दिनुभयो ।

चुलाचुली गाउँपालिका २ नम्बर वडा कार्यालयको सभाहलमा सम्पन्न तालिममा गाउँपालिकाको १ देखी ५ नम्बर वडा सम्मका ३० जना कृषक सहभागी भएका थिए ।

तालिममा सहभागीलाई एनएलजी ईन्स्युरेन्स कम्पनिका अभिकर्ता उमानाथ भण्डारीले सहजीकरण गर्नु भएको थियो ।

चुलाचुली गाउँपालिका २ नम्बर वडा अध्यक्ष लक्षण श्रेष्ठको अध्यक्षतामा सम्पन्न तालिममा वडा सचिव निर्मला घिमिरे, प्राविधक अनिल राई र पशुसेवा शाखाका प्राविधीक ,सुसन राई लगायतको उपस्थिती रहेको थियो ।

प्रतिक्रिया
ताजा खबर
यो साता चर्चामा
सम्बन्धित समाचार
© copyright 2026 and all right reserved to kuinetonews.com   |   Site By : SobizTrend