logo
मंगलबार, कार्तिक ११ २०८३

श्रेष्ठको जन्मोत्सबमा व्यवसायी राहत कोषमा रकम प्रदान


  • कुइनेटो न्युज
  • मंगलबार, असार १२ २०८१

झापा । बिर्तामोड उद्योग बाणिज्य संघले स्थापना गरेको ‘ब्यवसयिक राहत कोष’का लागि व्यवसायी दिनेश श्रेष्ठले एघार हजार एक सय ११ रुपैयाँ प्रदान गर्नु भएको छ ।

बिर्तामोड उद्योग बाणिज्य संघका सदस्य समेत रहनु भएका श्रेष्ठले आफ्नो जन्म दिनको अबसर पारेर संघका अध्यक्ष राजु न्यौपाने र  महासचिव कुशल खतिवडालाई रकम प्रदान गर्नुभयो ।

संघले एक करोड रुपैयाँ बरावरको ब्यवसायी राहत कोष स्थापना गरेको छ । व्यवसायी राहत कोष स्थापना भएसंगै सामाजिक व्यत्तित्व तथा व्यवसायीहरुले जन्मोत्सव तथा विभिन्न अवसरमा रकम प्रदान गर्दै आएका छन् । सोही क्रममा श्रेष्ठले जन्मोत्सवमा गरिने फजुल खर्चलाई कटाएर कोषमा सहयोग रकम उपलब्ध गराएको बताउनुभयो ।

प्रतिक्रिया
ताजा खबर
यो साता चर्चामा
सम्बन्धित समाचार
© copyright 2026 and all right reserved to kuinetonews.com   |   Site By : SobizTrend