कमल । झापाको कमल गाउँपालिकाले गाउँपालिका भित्र स्थाई बसोवास गरी विभिन्न शिक्षण संस्थामा उच्च शिक्षा अध्ययनरत दलित समुदायका विद्यार्थीलाई छात्रवृत्ति वितरण गरेको छ ।
गाउँपालिकाको शिक्षा शाखा अन्तर्गत वार्षिक चालु आर्थिक वर्षमा स्वीकृत कार्यक्रम अन्तर्गत उच्च शिक्षा स्नातक तह) अध्ययनरत दलित समुदायका विद्यार्थी लाई उनीहरूले अध्ययन गरेको विषय र शिक्षण संस्थाको शुल्कका आधारमा गाउँपालिकाका अध्यक्ष हुकुमसिंह राई मार्फत छात्रवृत्ति प्रदान गरिएको थियो ।
गाउँपालिका बाट छात्रवृत्ति पाउने विद्यार्थीहरू मा भूमिका पाँचचोटी , दिलाखा बिक, लक्ष्मी कर्मकार, प्रल्हाद बर्देवा, तुलसा महरा, कविता दमाईँ, विना देवी दर्जी , ऐश्वर्या बराइली, ओम कुमारी लामिछाने , राजकुमार मिस्त्री, विनिता महरा दर्जी, सरोज दर्जी, लक्ष्मी बर्देवा दर्जी , विनिता देवी घतानी, यमुना देवी घतानी, दिलमाया बिक र मिना बिक बर्देवा लाई वहाँहरूले अध्ययन गरेको विषय र शैक्षिक संस्थाको शुल्कको आधारमा न्यनतम १५ हजार देखी अधिकतम ५० हजार रुपैयाँ सम्म छात्रवृत्ति वितरण गरिएको कमल गाउँपालिका शिक्षा शाखा प्रमुख सूर्य प्रसाद न्यौपानेले जानकारी दिनुभयो । 
छात्रवृत्ति पाएकोमा आफूलाई अत्यन्तै खुसीलागेको छ । छात्रवृत्ति बापतको रकमले आफूलाई थप उच्च शिक्षा अध्ययन गर्न हौसला समेत मिलेको छ । तर छात्रवृत्ति बापतको रकम कुनै जाति विशेष भन्दा पनि वर्गीय हिसाबले सबै जातजातीका विद्यार्थीलाई दिदा राम्रो हुने र त्यसले वहाँहरूलाई उच्च शिक्षा अध्ययन गर्न सहयोग पुग्ने जनता बहुमुखी क्याम्पस इटहरीमा अध्ययनरत छात्रा कविता दमाईले बताउनु भयो ।
छात्रवृत्तिका साथै शिक्षा शाखाले आधारभुत तह सञ्चालित सामुदायिक विद्यालयलाई स्मार्ट टेलिभिजन हस्तान्तरण समेत गरेको छ ।
विद्यालयको शैक्षिक गुणस्तर सुधारका लागी गाउँपालिकामा सञ्चालित २१ वटा सामुदायिक विद्यालय मध्ये आवश्यकताका आधारमा १५ वटा विद्यालयलाई गाउँपालिका अध्यक्ष राई मार्फत सम्बन्धित विद्यालयका प्रधानाध्यापकलाई स्मार्ट टेलिभिजन हस्तान्तरण गरिएको हो ।
प्रविधिको हिसाबले न्यून रहेका विद्यालयलाई यस्ता सामाग्री वितरण गर्दा राम्रो हुन्छ । आफ्नो विद्यालय भन्दा पनि प्रविधिको हिसाबले न्यून रहेका विद्यालय पालिकामा छन् । तर पनि पालिकाले सम्झेर उपलब्ध गराको स्मार्ट टिभीलाई सहर्ष स्विकार्दै विद्यालयमा अध्ययनरत विद्यार्थीलाई सूचना प्रविधिको अधिकतम पहुँच पुर्याउनमा आफू लागिपर्ने कमल ७ स्थित सरस्वती माध्यामिक विद्यालयका प्रधानाध्यापक रुकमान सुब्बाले बताउनुभयो ।
छात्रवृत्तिको रकमलाई सही सदुपयोग गर्दै उच्च शिक्षा अध्ययनका लागी सो रकम खर्चगर्ने विद्यार्थीलाई अध्यक्ष राईले सुझाव दिनुभयो । त्यस्तै विद्यालयलाई प्रविधिमैत्री बनाउँदै विद्यार्थीलाई सूचना प्रविधिको अधिकतम सदुपयोग गर्न स्मार्ट टेलिभिजनले सहयोग पुग्ने भएकोले यस सही रुपमा सदुपयोग गर्न समेत गाउँपालिका अध्यक्ष राईले शिक्षकलाई अनुरोध गर्नु भयो ।
कार्यक्रम शिक्षा शाखाका प्राविधक कर्मचारी रविन गौतमले सञ्चालन गर्नु भएको थियो भने शिक्षा शाखा प्रमुख सूर्य प्रसाद न्यौपानेले कार्यक्रमको औचित्यमाथि प्रकाश पार्दै शाब्दिक
शब्द द्वारा स्वगत गर्नु भएको थियो ।