कमल । नेकपा एमाले ३ नम्बर वडा कमिटीको तेश्रो अधिवेशन बाट अध्यक्षमा नरप्रसाद दंगाल निर्वाचित हुनुभएको छ ।
त्यसैगरी कमिटीको उपाध्यक्षमा सन्तनाथ वानिया,सचिव महेन्द्र अर्याल,उपसचिव दिपचन्द्र लिम्बू र पूर्णकुमारी देवान, निर्वाचित हुनुभएको अध्यक्ष मण्डलका सदस्य मनोज गुरुङले जानकारी दिनुभयो ।
त्यसैगरी सदस्यमा यशोदा भण्डारी, हेम बहादुर भण्डारी, लोक बहादुर बानियाँ, विजय खतिवडा,मिलन अधिकारी,हरिप्रसाद घिमिरे,शिवसंकर न्यौपाने,टिका राई, निर्मला बजगाई,मुकेश ठाकुर ,राम बहादुर गुरुङ्ग,चित्ररेखा गुरुङ्ग, प्रकाश निरौला, विष्णुमाया खतिवडा, मिना कुमारी खवास,देविमाया बानियाँ ,भुमिका नेपाल,दुर्गा बहादुर थापा, राज बहादुर लिम्बु, विष्णुचन्द्र बोहोरा, हरि प्रसाद गौतम, होमराज लावती,शंकर दंगाल, देवि प्रसाद चापागाई निर्वाचित हुनुभएको निर्वाचन समितीका संयोजक छत्र फागोले बताउनु भयो ।
सोमवार सम्पन्न अधिवेशन बाट नव निर्वाचित वडा कमिटीलाई आज एक औपचारिक कार्यक्रमको आयोजना गरी सफथ ग्रहण तथा प्रमाण पत्र वितरण गरिएको थियो ।
जिल्ला कमिटी सदस्य तथा अध्यक्ष मण्डलका अध्यक्ष नारायण प्रसाद गौतमको अध्यक्षतामा सम्पन्न कार्यक्रममा नव निर्वाचित वडा कमिटीलाई एमाले केन्द्रिय कमिटी सदस्य मेनुका काफ्लेले सपथ ग्रहण गराउनु भएको थियो ।
कार्यक्रम केन्द्रिय कमिटी सदस्य काफ्ले सहित प्रदेश सल्लाकार कमिटी सदस्य बलराम गजुरेल, गाउँ कमिटी अध्यक्ष हरि ढकाल, सचिव विरेन्द्र अधिकारी, गाउँ कमिटी सदस्य अग्नि प्रसाद कोइराला लगायतले नव निर्वाचित वडा कमिटीलाई कार्यकाल सफलताको शुभकामना सहित आगामी २०८४ सालको स्थानीय निकायको चुनावमा एमालेलाई बहुमत ल्याउनेगरी आजै बाट पार्टी काममा लाग्न निर्देशन समेत दिनुभएको थियो ।
कार्यक्रम जिल्ला कमिटी सदस्य चक्र शहादुर गुरुङले सञ्चालन गर्नु भएको थियो भने नवनिर्वाचित अध्यक्ष नरप्रसाद दंगालले प्रतिवद्धता मन्तव्य राख्नु भएको थियो ।