logo
शुक्रबार, साउन २९ २०८३

आधारभुत पत्रकारिता तालिम सम्पन्न


  • कुइनेटो न्युज
  • सोमबार, जेष्ठ २८ २०८१

कमल । कमल गाउँपालिकाको केर्खामा सञ्चालित आधारभुत पत्रकारिता तालिम सम्पन्न भएको छ ।

कुइनेटो मिडिया प्रा. लि को आयोजना तथा कमल गाउँपालिका ३ नम्बर वडा कार्यालयको आर्थिक सहयोगमा तथा नवोदय बहुउद्देश्यीय सहकारी संस्थाको सभाहलमा सञ्चालित तालिम आज औपचारिक रुपमा सम्पन्न भएको हो ।

जेठ २६ गते बाट सुरु भएको तालिममा कमल गाउँपालिका ३ नम्बर वडामा रहेका सामुदायिक तथा संस्थागत विद्यालयमा कक्षा १० देखी १२ सम्म अध्ययनरत २५ जना विद्यार्थी सहभागी रहेका थिए ।

तालिममा सहभागी विद्यार्थीलाई किङ एफ एम दमकमा स्टेसन मेनेजर मनकुमार गदाल, हिमशिखर टेलिभिजन तथा रेडियो हिमशिखरका समाचार शाखा प्रमुख सुदीप अधिकारी र महेन्द्र रत्न माध्यमिक विद्यालय कमल २ का शिक्षक विष्णु प्रकाश निरौलाले प्रशिक्षण दिनुभएको थियो ।
कुइनेटो मिडिया प्रा. लि का अध्यक्ष तथा कार्यकारी सम्पादक उमानाथ भण्डारीको अध्यक्षतामा तालिम समापन कार्यक्रममा कमल गाउँपालिकाकी उपाध्यक्ष प्रमिला न्यौपाने तिवारीले कमल गाउँपालिकामा नौलो तालिम भएको बताउँदै तालिममा सिकेका कुरालाई व्यवहारमा प्रयोग गर्न सहभागीलाई अनुरोध गर्नु भयो ।

त्यस्तै ३ नम्बर वडा अध्यक्ष अग्नि प्रसाद कोइरालाले बाल सञ्जालको माग अनुसार तालिम सञ्चालन गरिएको र यस्ता तालिमले बालबालिकाको क्षमता विकासमा सहयोग पुग्ने बताउनु भयो ।

कुनै पनि कुराको सिकाइ पहिले सानु बाट हुन्छ । यो छोटो अवधिको तालिम भएपनि यसले पत्रकारितामा आउन चाहानेका लागीे यो तालिम अत्यन्तै उपयोगी रहेको नेपाल पत्रकार महासंघ झापाका अध्यक्ष एकराज गिरीले बताउनु भयो ।

तालिममा सहभागीका तर्फ अनुप गजुरेल र सविना सिवाकोटीले तालिम अत्यन्तै उपयोगी भएको बताउनु भएको थियो ।
तालिम समापन कार्यक्रममा नेपाल पत्रकार महासंघ झापाका उपाध्यक्ष केशव भट्टराई तथा पूर्वाञ्चल दैनिकका व्यवस्थापक चन्द्रकान्त ढकालको समेत उपस्थिति रहेको थियो ।

कार्यक्रम उमेश पोख्रेलले सञ्चालन गर्नु भएको थियो भने मधुसुदन अधिकारीले शाब्दिक शब्द द्वारा स्वागत मन्तव्य राख्नु भएको थियो ।

 

 

प्रतिक्रिया
ताजा खबर
यो साता चर्चामा
सम्बन्धित समाचार
© copyright 2026 and all right reserved to kuinetonews.com   |   Site By : SobizTrend