logo
शुक्रबार, साउन २९ २०८३

पत्रकारितामा एआईको प्रभाव र प्रयोग विषयक प्रशिक्षण सम्पन्न


  • कुइनेटो न्युज
  • बुधबार, जेष्ठ २३ २०८१

पूर्बाञ्चल राष्ट्रिय दैनिकको आयाोजनामा भएको कार्यक्रममा नेपालमा एआई प्रविधिको प्रयोग तथा विश्वले पत्रकारिता क्षेत्रमा प्रयोगमा ल्याएको अवस्थाका विषयमा कार्यक्रमका प्रशिक्षक समेत रहेका सञ्चारविद एवम् अटवा विश्वविद्यालय क्यानडाका प्राध्यापक डा. भानुभक्त आचार्यले जानकारी गराउनुभएको थियो  ।समाचार लेखन तथा विभिन्न खोजमुलक विषयमा एआई प्रविधि उपयोगी हुने भन्दै यसको सही सदुपयग गरेमा पत्रकारिता क्षेत्रको विकासमा टेवा पुग्ने सहजकर्ता आचार्यले बताउनुभयो । छिमेकी राष्ट्र भारत , चीन लगायत विकसित मुलुकले पत्रकारिता क्षेत्रमा एआई प्रविधिको सुरुवात गरेपनि नेपालमा यसको प्रयोग कमै मात्रामा हुने गरेको उहाको भनाई छ ।

प्रविधिको प्रयोगसंगै अनलाइन पत्रकारिताले प्राथमिकता पाइरहेको समयमा एआई प्रविधि मार्फत यसलाई अझ सरल र सहज बनाउन सकिने सञ्चारविज्ञ आचार्यको भनाई छ । उहाले एआई प्रविधिको प्रयोग प्रशिक्षणस्थलमानै प्रशिक्षण गराउनुभएको थियो ।

इलाम र झापाका ४५ जना पत्रकारहरुको सहभागीता रहेको तालिममा सहभागीहरुका तर्फबाट नेपाल पत्रकार महासंघ झापाका उपाध्यक्ष केशव भट्टराई, पत्रकार गणेशमान मुखिया, रञ्जीत प्रसाई, स्वस्तिका आचार्य, गणेश अर्याल, गृष्मा सापकोटा लगायतले आफ्नो अनुभवहरु वताउनुभएको थियो ।

पूर्वाञ्चल दैनिकका व्यवस्थापक चन्द्रकान्त ढकालको अध्यक्षतामा भएको कार्यक्रममा स्वागत प्रधानसम्पादक एकराज गिरीले गर्नुभएको थियो । कार्यक्रमको सञ्चालन पूर्वाञ्चल दैनिकका सह सम्पादक सुरेन्द्र भण्डारीले गर्नुभएको थियो ।

बिर्तामोड नगरपालिकाको आर्थिक सहयोगमा भएको कार्यक्रममा सहभागीहरुले एआई प्रविधिको प्रयोग र यसले पार्ने प्रभावका विषयमा जानकारी प्राप्त भएको र आगामी दिनमा आफूले सिकेको ज्ञानलाई प्रयोगमा ल्याउने जनाएका छन् ।

प्रतिक्रिया
ताजा खबर
यो साता चर्चामा
सम्बन्धित समाचार
© copyright 2026 and all right reserved to kuinetonews.com   |   Site By : SobizTrend