logo
शुक्रबार, साउन २९ २०८३

कमल गाउँपालिकामा  आमाबुबा गुमाएका विद्यार्थीलाई छात्रवृत्ति वितरण 


  • कुइनेटो न्युज
  • मंगलबार, जेष्ठ २२ २०८१

कमल ।  झापाको कमल गाउँपालिकामा आमाबुबा गुमाएका विद्यार्थीलाई छात्रवृत्ति वितरण गरिएको छ ।

गाउँपालिकाले चालु आर्थिक वर्षको वार्षिक नीति, कार्यक्रम तथा बजेटमा स्वीकृत कार्यक्रम अन्तर्गत  छात्रवृत्ति  वापतको रकम वितरण गरेको हो  ।

पालिका भित्र सञ्चालनमा रहेका २१ वटा सामुदायिक विद्यालयमा अध्ययनरत   २ सय ३१ जना विद्यार्थीलाई  छात्रवृत्ति बापतको रकम सम्बन्धित विद्यालयको खातामा भुक्तानी गरिसकिएको शिक्षा शाखाले जनाएको छ ।

विद्यालयले पेश गरेको विद्यार्थी संख्याको आधारमा शिक्षा शाखाले बाल कक्षामा अध्ययनरत  विद्यार्थीलाई प्रति विद्यार्थी  ५०० रुपैयाँ, कक्षा १ देखी ५ सम्म विद्यार्थीलाई ७००  रुपैयाँ, कक्षा ६ देखी ८ सम्म ८०० रुपैयाँ ,कक्षा ९ देखी १० सम्म १ हजार २०० रुपैयाँ  र कक्षा ११ र १२ मा अध्ययनरत विद्यार्थीलाई प्रतिविद्यार्थी दुईहजार रुपैयाँका दरले सम्बन्धित विद्यालयको खातामा भुक्तानी गरिसकिएको शिक्षा शाखाका प्राविधिक रविन गौतमले जानकारी दिनुभयो ।

प्रतिक्रिया
ताजा खबर
यो साता चर्चामा
सम्बन्धित समाचार
© copyright 2026 and all right reserved to kuinetonews.com   |   Site By : SobizTrend