कमल । नेपाल राष्ट्रिय शिक्षक संगठन कमल गाउँ समितिको आज चौथो गाउँ परिषद् भेला सम्पन्न भएको छ ।
“समुन्नत राष्ट्रकालागि शैक्षिक विकासमा हाम्रो प्रतिबद्धता, राजनैतिक अधिकारका लागि ट्रेड युनियन अधिकारको संवैधानिक सुनिश्चितता” भन्ने नाराका साथ कमल गाउँपालिका ५ स्थित मङ्गलमय माध्यमिक विद्यालयको सभाहलमा परिषद्को भेला सम्पन्न भएको थियो ।
शिक्षाको विकासको लागि समाजवाद उन्मुख अग्रगमनकारी नीति अझै बन्न नसक्दा संविधानले प्रदत्त गरेको अधिकारलाई संस्थागत ढंगले कार्यान्वयन गर्ने शिक्षा ऐन लागू नहुदाँ वर्षौ देखि थाँति रहेका शैक्षिक समस्याहरू समाधान हुनुको सट्टा झनझन् जटिल बन्दै गइरहेको नेपाल राष्ट्रिय शिक्षक सङ्गठनका केन्द्रिय सदस्य बुद्धिमान कार्कीले बताउनु भयो ।
त्यसैगरी शिक्षामा रहेको स्थानीय तह, प्रदेश स्तरीय र राष्ट्रिय समस्याहरूसँग मुकाबिला गर्नका लागि शिक्षक महासङ्घको गठन र सञ्चालन आजको आवश्यकता रहेकोले हामीले आफ्नो क्षमताको विकास गर्दै तमाम शैक्षिक समस्याहरू समाधान गर्न जुट्नुपर्ने सङ्गठनका जिल्ला समिति अध्यक्ष द्रोण बहादुर श्रेष्ठले बताउनु भयो ।
संगठनको चौथो गाँउ परिषद भेलाको अवसरमा कमल गाउँपालिका भित्र कार्यरत शिक्षकलाई कदरपत्र र सेवा निवृत्त शिक्षकलाई सम्मानपत्र द्वारा सम्मान गरिएको थियो।
यसरी कदरपत्र द्वारा सम्मानित हुने शिक्षकहरूमा निर्मला पराजुली श्री सरस्वती माध्यमिक विद्यालय कमल ७, कुमार दाहाल र अम्बिका खड्का बस्नेत मङ्गलमय माध्यमिक विद्यालय कमल ५, केशर बहादुर श्रेष्ठ बाँसबारी माध्यमिक विद्यालय कमल पदम प्रसाद गौतम वाणी माध्यमिक विद्यालय कमल ६, भीमचन्द्र न्यौपाने र लिला अधिकारी शहीद धर्मभक्त माध्यमिक विद्यालय कमल ३ ,मोतिलाल भट्टराई महेन्द्र रत्न माध्यमिक विद्यालय कमल २, लीला प्रसाद भट्टराई सिद्धदेवी आधारभूत विद्यालय कमल ७, निर्मल गडतौला नरेन्द्र जनता माध्यमिक विद्यालय कमल १ लाई कदरपत्र द्वारा सम्मानितगरिएको थियो ।

त्यसैगरी सम्मानपत्र द्वारा सम्मानित हुने शिक्षकहरूमा अभिनारायण तिम्सिना मङ्गलमय माध्यमिक विद्यालय कमल ५, लहरी लुँइटेल सहिद धर्मभक्त माध्यमिक विद्यालय कमल ३, बुद्धि प्रसाद भण्डारी सरस्वती माध्यमिक विद्यालय कमल ७, लक्ष्मीप्रसाद अधिकारी कमला मदन आश्रित स्मृति माध्यमिक विद्यालय कमल २ ,लाेमनाथ ढुंगेल नवदुर्गे आधारभूत विद्यालय कमल १ लाई सम्मानपत्र द्वारा सम्मानित गरिएको थियो ।
नेपाल राष्ट्रिय शिक्षक संगठन कमल गाउँ समितिका अध्यक्ष मधुसुदन अधिकारीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा कोशी प्रदेश लेखा समिति सदस्य सोमनाथ बराल राष्ट्रिय प्रतिनिधि तथा शिक्षक महासंघ कमलका अध्यक्ष मोहनकुमार बगाले जिल्ला कमिटी सदस्य हिमप्रसाद दाहाल लगायतले शुभकामना मन्तव्य राख्नु भएको थियो ।
भेलाले अध्यक्ष मधुसुदन अधिकारी द्वारा प्रस्तुत सांगठनिक प्रतिवेदन र कोषाध्यक्ष सुमन गौतम द्वारा प्रस्तुत आर्थिक प्रतिवेदन छलफलपछि पारित गरिएको थियो ।
कार्यक्रम सङ्गठनका कमल गाउँ समिति सचिव श्रीप्रसाद दाहालले सञ्चालन गर्नु भएको थियो भने उपाध्यक्ष भीम प्रसाद पोख्रेल शाब्दिक शब्दद्वारा स्वागत गर्नु भएको थियो ।