कमल । बिर्तामोड नगरपालिकाले स्वास्थ्यको क्षेत्रमा ठुलो फड्को मारेको छ ।
झापा जिल्लाको को मुटुमा रहेको यस नगरपालिकाले पछिल्लो समय आम नगरवासीलाई सहज र सुलभ रुपमा स्वास्थ्य सेवा पुर्याउन लागि परेको छ ।
राज्य पुन संरचना पछिको दोश्रो कार्यकालका लागी निर्वाचित जनप्रतिनिधि आएपछि पूर्वाधार विकासका साथै स्वास्थ्यको क्षेत्रमा नगरपालिकाले यति धेरै फड्को मारेको स्थानीय वासी बताउँछन् ।
नगरवासीलाई सहज रुपमा स्वास्थ्यसेवा उपलब्ध गराउनका लागी नगरपालिकाले स्वास्थ्यको क्षेत्रमा धेरै काम गरिरहेको छ । यसले आम नगरवासीलाई धेरै फाइदा पुगेको छ ।
नगरवासी स्वास्थ्य भए मात्र समग्र नगरको मुहार फेरिन्छ भन्ने उद्देश्यका साथ नगरपालिकाले स्वास्थ्यको क्षेत्रलाई उच्च प्राथमिकतामा राखेर विभिन्न कार्यक्रम गरिरहेको छ ।
जसको ज्वलन्त उदाहरणको बिर्तामोड नगर अस्पताल । नगरपालिका भित्र बसोवास गर्ने हरेक नागरिकलाई सहज र गुणस्तरीय स्वास्थ्य सेवा पुरÞ्याउनकालागि नगरपालिकाले नगर अस्पताल सञ्चालनमा ल्याएको हो र अहिले अस्पताल सञ्चालनमा आएपछि नगरवासीलाई आफ्नै आगन मा उपचार गराउन धेरै सहज भएको छ ।
नगरपालिकाले नागरिकलाई गुणस्तरीय स्वास्थ्य सेवा उपलब्ध गराउनकालागि नगर अस्पतालमा विशेषज्ञ डाक्टरका साथै आवश्यक पर्ने सेवा समेत थप गर्दै लगेको छ । जस अन्तर्गत भिडियो एक्रे, ईसिजी, ल्याब सेवा सञ्चालनमा छ भने २४ घण्टा गर्भवती महिलाकालागि प्रसुती कक्ष(वर्थिङ्ग सेन्टर) समेत सञ्चालनमा ल्याएको छ ।
त्यस्तै नगरलाई क्षयरोग मुक्त नगरपालिका बनाउन नगरपालिकाले विभिन्न कार्यक्रम समेत सञ्चालनमा ल्याएको बिर्तामोड नगरपालिकाका जनस्वास्थ्य अधिकृत राजीव कृष्ण विष्ट बताउनुहुन्छ ।
नगर अस्पताल सञ्चालनमा आएपछि नगरवासीलाई धेरै सुविधा भएको छ । स्वास्थ्य सम्बन्धी समस्या परेका नगरवासीलाई आफ्नै आँगनमा उपचार गराउन पाउदा समय र पैसाको बचत भएकोले खुशी भएका छन् भने स्वास्थ्य बिमाको प्रथम विन्दुका साथै सम्पूर्ण सेवा यसै अस्पताल बाट हुने भएकोले बिरामीलाई थप सहुलियत हुनुका साथै सुविधा भएको सेवाग्राही लक्ष्मी देवी कार्की बताउनुहुन्छ ।
अस्पतालमा विरामको चाप बढे सँगै त्यसलाई व्यवस्थित गर्दै उपचार सेवालाई प्रभावकारी बनाउन विशेषज्ञ डाक्टरहरूको सेवा समेत थपिएको छ भने ल्याबका साथै भिडियो एक्से,ईसिजी लगायतका विभिन्न उपकरण समेत थप गरिएको छ । अस्पतालमा आएका सेवाग्राहीले समयमै उपचार गराउन सकुन् भन्ने उद्देश्यले बिहान ८ बजे देखी नै ओपिडी सञ्चालनमा ल्याएका छौ भने २४ सै घण्टा प्रसुती सेवा समेत सुरु गरिएको नगर अस्पतालका जनस्वास्थ्य निरिक्षक कृष्ण काफ्ले बताउनुहुन्छ ।
दिनानुदिन अस्पताल प्रति नागरिकको जनविश्वस बढीरहेको छ । त्यसैले आजभोलि दैनिक रुपमा स्वास्थ्य परिक्षण गराउन अस्पताल आउने क्रम समेत वृद्धी भएको छ । अहिले मौसमी फ्लु, रुगा खोकी, छालाको समस्या लगायतका बिरामी बढीमात्रामा अस्पताल आउने गरेका छन् । आम नागरिकलाई स्वास्थ्य सम्बन्धी जनचेतना कम भएका कारणले समेत अस्पतालमा विरामको चाप बढ्ने गरेको नगर अस्पतालका बालरोग विशेषज्ञ डाक्टर रविन रेग्मी बताउनुहुन्छ
गत फागुन २० गते प्रथम वार्षिकोत्सवको मनाएको अस्पतालमा पछिल्लो समय अस्पताल प्रति आम नगरवासीको विश्वास बढी रहेको छ । यसले पनि अस्पतालमा दिनानुदिन सेवाग्राहीको भिड हुनेगरेको छ ।
अस्पतालमा आएका सेवाग्राहीहरूलाई पर्याप्त मात्रामा सेवा प्रवाह गर्न हामी सँग भएको न्यनतम जनशक्तिलाई अधिकतम प्रयोग गरेर सेवा प्रदान गरिरहेका छौ । तर यही जनशक्तिले सधैँभरि धान्न सक्ने अवस्था छैन यसकालागि थप जनशक्ति व्यवस्थापन गर्ने तर्फ अस्पताल प्रशासन लागिपरेको अस्पतालको प्रशासन प्रमुख विमल पोख्रेल बताउनुहुन्छ ।
नगर अस्पताल सञ्चालनकालागि नीति तथा कार्यक्रम बनाएर काम गरिरहेका छौ । रकम अभावका कारण निर्माणधीन अस्पतालको भवन पुरा हुन सकेको छैन । हामिले स्वास्थ्य सम्बन्धी ऐन पास गरिसकेका छौ । आगामी दिनमा नगरवासीलाई सहज रुपमा स्वास्थ्य सम्बन्धी सम्पूर्ण सेवा उपलब्ध गराउनेगरी नगरपालिका लागी परेको बिर्तामोड नगरपालिकाका नगर उपप्रमुख नगेन्द्र प्रसाद संग्रौला बताउनुहुन्छ ।
२०७४ सालमा शहरी स्वास्थ्य केन्द्रका रुपमा स्थापना भएको अस्पताललाई अहिले नगर अस्पतालमा स्तर उन्नति गरी जनतालाई स्वास्थ्य सेवा प्रदान गरिरहेको छौ ।
नेपाल सरका बाट निःशुल्क रुपमा पदान गरिने सबै औषधी नियमित रुपमा वितरण भैरहेको छ । तर अन्य पालिकाको तुलनामा बिर्तामोड नगरपालिका व्यापारिक केन्द्र भएकोले नगरवासी कै हाराहारीमा अन्यत्र बाट आउनु भएका नागरिकलाई समेत नगरको तर्फ बाट नियमित रुपमा औषधी उपलब्ध गराउनु पर्ने भएकोले नियमित रुपमा औषधी उपलब्ध हुन सकेको छैन तर पनि नगरको आर्थिक श्रोतले भ्याएसम्म काम गरिरहेको बिर्तामोड नगरपालिकाका मेयर पवित्रा देवी महतारा प्रसाईँ बताउनुहुन्छ ।
नगरपालिकाले हरेक नगरवासीलाई सर्वसुलभ र सहज रुपमा स्वास्थ्य सेवा उपलब्ध गराउँदै आएको छ । नगर अस्पतालका साथै हरेक वडामा सञ्चालनमा भएका आधारभुत स्वास्थ्य केन्द्रबाट समेत नागरिकलाई सेवा प्रदान गरिरहेको छ ।
नगरपालिकाले स्वास्थ्य शाखा मार्फत नेपाल सरकार बाट सञ्चालनमा रहेका नियमित कार्यक्रमलाई समेत प्राथमिकतामा राखेर काम गरिरहेको छ ।
जस अन्तर्गत गत महिना मात्र सम्पन्न भएको हात्तीपाइले रोग विरुद्धको आम औषधी सेवन कार्यक्रममा बिर्तामोड नगरपालिकाले सबै भन्दा बढी औषधी सेवन गराएर प्रथम भएको छ भने यसै महिना मा सञ्चालनमा रहेको १ वर्ष देखी ५ वर्ष मुनीका बालबालिका लाई लगाइने पोलियोको खोप कार्यक्रमलाई प्रभावकारी बनाउन स्वास्थ्य शाखा लागी परेको छ ।
नगरवासी स्वास्थ्य भएमात्र नगरको विकास सम्भव हुन्छ भनेर नै सबै नगरवासीलाई स्वास्थ्य सम्बन्धी जनचेतना मूलक कार्यक्रम सञ्चालन गरिरहेको छ । तर अझै पनि सबै जनता स्वास्थ्यको पहुँच सम्म पुग्न सकेका छैनन् । त्यसैले सबै नागरिक सम्म स्वास्थ्य सम्बन्धीका गतिविधि पुर्याउने तर्फ सिंगो नगरपालिका लाग्नु पर्ने भएकोले यस तर्फ समेत ध्यानदिन आवश्यक छ ।
सम्बन्धी कार्यक्रम सञ्चालनका साथै हरेक नागरिकलाई आफू स्वास्थ्य रहेमात्र निरोगी बन्न सकिन्छ भन्ने जनचेतना फैलाउन तर्फ सम्बन्धित निकायले ध्यानदिन अझै आवश्यक छ ।