कमल । पूर्व प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आज एक कार्यक्रममा बिच पूर्व पश्चिम राजमार्ग अन्तर्गत ( काँकडभिट्टा लौकही सडक खण्ड) को शिलान्यास गर्नुभएको छ ।
पूर्व पश्चिम राजमार्ग अन्तर्गत झापाको कमल गाउँपालिका ५ पाडाजुंगीमा भएको कार्यक्रमका बिच ओलीले सडकको शिलान्यास गर्नु भएको हो ।
झापाको काँकडभिट्टा देखी लौकही सम्म जम्मा एक सय २० किलोमिटर लम्बाइ रहेको सडकलाई दुई खण्डमा विभाजन गरिएको छ ।
पहिलो खण्ड काँकडभिट्टा देखी सीतापुरी सम्म ४५ किलोमिटर र दोश्रो खण्ड सीतापुरी बाट लौकही सम्म ७५ किलो मिटर रहेको छ ।
उक्त सडकलाई बजार क्षेत्र , जङ्गल क्षेत्र र ग्रामीण क्षेत्रमा विभाजन गरिएको छ । बजार क्षेत्रमा ५० मिटर, जङ्गल क्षेत्र २४ मिटर र ग्रामीण क्षेत्रमा ३३ मिटर चौडा सडक बन्नेछ । सहरी क्षेत्रमा साइकल लेन, फुटपाथ , ड्रेन सहित निर्माण हुनेछ ।
त्यस्तै अध्यक्ष ओलीले आजै झापा क्षेत्र ४ को शिवसतासी नगरपालिकाको मदरगाछ खण्ड पर्ने कनकाई पुलको समेत शिलान्यास गर्नुभएको छ ।