logo
मंगलबार, कार्तिक ११ २०८३

कमला बाल क्लबको अध्यक्षमा अधिकारी निर्वाचित


  • कुइनेटो न्युज
  • शनिबार, जेष्ठ ५ २०८१

कमल । कमला बाल क्लबको अध्यक्षमा अधिकारी निर्वाचित हुनुभएको छ ।

झापाको कमल गाउँपालिका २ स्थित कमला मदन आश्रित स्मृति माध्यमिक विद्यालयमा गठित कमला बाल क्लबको अध्यक्षमा कक्षा १० मा अध्ययनरत खेममणी (गौरव) अधिकारी सर्वसम्मत निर्वाचित हुनु भएको हो ।

बालक्लबको विधान बमोजिम १५ सदस्यीय समिति सर्व सम्मत रूपमा चयन भएको निर्वाचन समिति संयोजक यामनारायण प्रधानले बताउनु भयो ।

त्यस्तै उपाध्यक्षमा आरोही प्रधान (कक्षा ९) सचिव खुशी प्रधान (कक्षा ९) सहसचिव पवन राई (कक्षा १०) कोषाध्यक्ष पूणिर्मा भट्टराई (कक्षा सर्वसम्मत निर्वाचित हुनुभएको निर्वाचन समिति संयोजक प्रधानले बताउनु भयो ।

त्यसैगरी समितिको सदस्यमा रोशन घर्ती मगर , नमुना भण्डारी, युनिक सिवाकोटी, शिक्षा खतिवडा, समर्पण न्यौपाने, सोनिया तामाङ, कुसुम चाहार, प्रकृति चौधरी, एञ्जल खड्का र सञ्जयराज बिक. समेत सर्वसम्मत निर्वाचित हुनुभएको निर्वाचन समितिले जनाएको छ ।

प्रतिक्रिया
ताजा खबर
यो साता चर्चामा
सम्बन्धित समाचार
© copyright 2026 and all right reserved to kuinetonews.com   |   Site By : SobizTrend