कमल । वण्डरल्याण्ड ईङ्गलिस वोडिङ्ग स्कुलले विभिन्न कार्यक्रम गर्दै वार्षिक उत्सव मनाएको छ ।
कमल गाउँपालिका ३ केर्खामा रहेको स्कुलले आज विभिन्न अतिरिक्त कृयाकलापका साथै सांस्कृतिक कार्यक्रम गरेर विद्यालयको वार्षिकोत्सव मनाएको हो ।
वार्षिक कार्यक्रमको अवसरमा शैक्षिक गतिविधिका साथै विद्यालयले सञ्चालन गरेको विभिन्न अतिरिक्त कृयाकलापमा उत्कृष्ट विद्यार्थीलाई पुरस्कृत समेत गरिएको थियो ।
विद्यालयका प्रिन्सिपल लक्ष्मी कान्त कोइरालाको अध्यक्षतामा भएको कार्यक्रमको प्रमुख अतिथि झापा जिल्ला सहकारी संघका पूर्व उपाध्यक्ष बलराम गजुरेल, अतिथि कमल गाउँपालिका ३ नम्बर वडा अध्यक्ष अग्निप्रसाद कोइराला, कमल स्काउट आयुक्त गुणराज गिरी लगायतको उपस्थिति रहेको थियो । खड्ग प्रसाद न्यौपानेले सञ्चालन गर्नु भएको कार्यक्रमका अतिथिलाई शिक्षिका उषा चम्लागाईँ शाब्दिक शब्द द्वारा स्वागत गर्नु भएको थियो ।