logo
शुक्रबार, साउन २९ २०८३

मदन-आश्रित स्मृति दिवसको अवसरमा नेकपा एमाले  झापा द्वारा रक्तदान कार्यक्रम


  • कुइनेटो न्युज
  • बिहिबार, जेष्ठ ३ २०८१


कमल । ३३ औं मदन -आश्रित स्मृति दिवसको अवसरमा नेकपा एमाले जिल्ला कमिटी झापाले आज रक्तदान कार्यक्रमको आयोजना गरेको छ ।

 कमल गाउँपालिका ५ स्थित पाँडाजुँगीमा भएको रक्तदान कार्यक्रमको   व्यवस्थापन एमाले कमल गाउँ कमिटीले गरेको थियो भने  प्राविधिक सहयोग नेपाल रेडक्रस सोसाइटी उपशाखा दमकले गरेको थियो ।

रक्तदानमा कार्यक्रममा १३ जना महिला र १११ जना  पुरुष गरी जम्मा  १२४ जनाले रगतदान गर्नुभएको  आयोजकले जनाएको छ ।

कार्यक्रम नेकपा एमाले जिल्ला कमिटी झापाका अध्यक्ष प्रेम गिरीको अध्यक्षतामा भएको थियो  ।

नेकपा एमालेले हरेक वर्ष जेठ ३ गतेका दिन विभिन्न कार्यक्रम गरेर मदन आश्रित स्मृति दिवस मनाउँदै आएको छ ।

२०५० साल जेठ ३ गते चितवनको दासढुंगामा भएको जीप दुर्घटनामा एमालेका तत्कालीन महासचिव मदनकुमार भण्डारी र संगठन विभाग प्रमुख जीवराज आश्रितको मृत्यु भएको थियो । सोही क्रममा झापा पार्टीको आयोजनामा आज रक्तदान कार्यक्रम गरेको कमल गाउँ कमिटी अध्यक्ष हरि ढकालले बताउनुभयो ।

कार्यक्रममा एमाले पोलिटब्युरो सदस्य तथा झापा इन्चार्ज विशाल भट्टराई लगायत,केन्द्रिय कमिटी, प्रदेश कमिटी,जिल्ला कमिटीका नेताहरुको समेत उपस्थिति रहेको थियो ।

प्रतिक्रिया
ताजा खबर
यो साता चर्चामा
सम्बन्धित समाचार
© copyright 2026 and all right reserved to kuinetonews.com   |   Site By : SobizTrend