logo
शुक्रबार, साउन २९ २०८३

बलात्कार मुद्दामा सन्दीप लामिछाने निर्दोष ठहरिए


  • कुइनेटो न्युज
  • बुधबार, जेष्ठ २ २०८१

काठमाडौं । क्रिकेटर सन्दीप लामिछानेले बलात्कारको मुद्दामा निर्दोष  ठहरिनु भएको छ । ।

उच्च अदालत, पाटनका न्यायाधीशद्धय सुदर्शनदेव भट्ट र अञ्जु उप्रेती ढकालको इजलासले जिल्ला अदालत, काठमाडौंको फैसला उल्ट्याउदै सन्दीपलाई सफाई दिएको प्रवक्ता विमल पराजुलीले जानकारी दिनुभयो ।

जिल्ला अदालत काठमाडौंले १३ पुस, २०८० मा लामिछानेलाई बलात्कारको मुद्दामा दोषी ठहर गर्दै उनलाई ८ वर्ष जेल सजायको फैसला सुनाएको थियो ।

प्रतिक्रिया
ताजा खबर
यो साता चर्चामा
सम्बन्धित समाचार
© copyright 2026 and all right reserved to kuinetonews.com   |   Site By : SobizTrend