logo
शुक्रबार, साउन २९ २०८३

सशस्त्र प्रहरी बल नेपाल पाथिभरा जवान तालिम शिक्षालयमा आगलागी र सडक दुर्घटना सम्बन्धी कृतिम अभ्यास


  • उमानाथ भण्डारी
  • सोमबार, बैशाख ३१ २०८१

कमल । सशस्त्र प्रहरी बल नेपाल पाथिभरा जवान तालिम शिक्षालयभित्र प्रकृती टोलमा आज बिहान भीषण आगलागी भएको छ ।

आगलागी बाट काठको तीन तले घर जलेर पूर्णरूपमा क्षति भएको छ भने पाँचजना व्यक्ति शक्त घाइते हुनुका साथै लाखौं मूल्य बराबरको धनजनको क्षति भएको छ ।

आगलागीको घटनाको सूचना पाउनासाथ सशस्त्र प्रहरी बल नेपाल जवान तालिम शिक्षालय बाट खटिएका सशस्त्र प्रहरीहरूले कमल गाउँपालिका र दमक नगरपालिकाको वारुण यन्त्रको सहयोगमा आगो लाई नियन्त्रण गर्नुका साथै आगलागी बाट घाइते भएकाहरूको उद्धार गर्नुका साथै आगलागी बाट हुने थप क्षतिलाई न्यूनीकरण गरेका थिए ।

यो कुनै वास्तविक घटना  नभएर आन्तरिक मामिला तथा कानुन मन्त्रालय कोशी प्रदेशको वार्षिक स्वकृत कार्यक्रम अनुसार प्रदेशका १४ वटै जिल्ला बाट विपद् व्यस्थापनमा खटिएका शसस्त्र प्रहरी प्रशिक्षार्थीहरुले आगलागी बाटहुने क्षतीलाई न्युनिकरण गर्ने र घाईटेको उद्दार गरिएको कृतिम घटना सम्बन्धि अभ्यास भएको थियो ।

सशस्त्र प्रहरी बल नेपाल पाथिभरा जवान तालिम शिक्षालय झापामा तालिममा सहभागी प्रशिक्षार्थीहरुलाई विभिन्न किसिमका आगलागीका कारण हुने क्षतिलाई  (Fire Fighting and Medical First Responder)  न्यूनीकरण आगलागीमा उद्धारका लागि सुरक्षा सामग्रीको प्रयोग विधि, आगलागी नियन्त्रणमा प्रयोग हुने सामग्रीहरूको प्रयोग लगायत व्यवहारिक विषयमा भएको अनुशिक्षण तालिम रहेको थियो ।

विभिन्न किसिमका प्राकृतिक र मानविय कारणले दिनानुदिन हुने विपद्का घटिरहेका छन् । यस्ता घटनाले ठुलो मात्रामा धनजनको क्षतिहुने गरेको छ । यसलाई न्युनिकरण गर्न प्रदेशका १४ वटै जिल्ला बाट सशस्त्र प्रहरी कर्मचारीलाई तालिम प्रदान गरी आगलागी र सडक दुर्घटनाका घटनालाई न्युनिकरण गर्न सहयोग पुग्ने उद्येश्यले तालिम सञ्चालन गरेको आन्तरिक मामिला तथा कानुन मन्त्रालय कोशी प्रदेशका प्रदेश सचिव लक्ष्मी प्रसाद पौडेलले बताउनु भयो ।

गाउँ घरमा विभिन्न प्रकारका विपद्का घटना घट्ने गरेका छन् त्यसमा मुख्यतया आगलागी र सडक दुर्घना रहेका छन् । त्यस्ता घटनामा सशस्त्र प्रहरी सग समन्वय गरेर धेरै उद्दारका काम हरु गर्दै आई रहेकाछौ । यस्ता तालिम बाट विपदका समयमा धेरै सहयोग पुग्ने कमल गाउँपलिकाका उपाध्यक्ष प्रमिला न्यौपाने तिवारीले बताउनु भयो ।

तालिम समापन को अवसरमा उपस्थित अतिथी तथा तालिममा सहभागी सशस्त्र प्रहरी तथा प्रशिक्षकलाई सशस्त्र प्रहरी बल नेपाल जवान तालिम शिक्षालयका समादेशक कमल प्रसाद तिम्सिनाले धन्यवाद ज्ञापन गर्नु भएको थियो ।
कार्यक्रममा सडक दुर्घटना, विभिन्न प्रकोपमा हुने दुर्घटनाबाट घाईते भई तत्काल स्वास्थ्य केन्द्र सम्म पुर्याउनु भन्दा अगाढी जीवन रक्षाको लागि दिइने विभिन्न उपचार विधि तथा आगलागी तथा एमआरएफ सम्बीन्धी कृतिम घटना सम्बन्धि अभ्यास समेत प्रस्तुत भएको थियो ।

 

 

प्रतिक्रिया
ताजा खबर
यो साता चर्चामा
सम्बन्धित समाचार
© copyright 2026 and all right reserved to kuinetonews.com   |   Site By : SobizTrend