logo
शुक्रबार, साउन २९ २०८३

तोपगाछी खानेपानी तथा सरसफाई उपभोक्ता समिति स्किम नम्बर १ अमलडाँगी को सातौं साधारण सभा सम्पन्न


  • कुइनेटो न्युज
  • शुक्रबार, बैशाख २८ २०८१

कमल । तोपगाछी खानेपानी तथा सरसफाई उपभोक्ता समिति स्किम नम्बर १ अमलडाँगी को सातौं साधारण सभा सम्पन्न भएको छ ।

कमल गाउँपालिका ४ स्थित सिद्धार्थ सामुदायिक भवनको सभाहलमा सम्पन्न सभाको उद्धघाटन कमल गाउँपालिका अध्यक्ष हुकुमसिंह राईले गर्नुभएको थियो ।

कार्यक्रमको उद्घाटनपछि बोल्दै अध्यक्ष राईले खानेपानीमा देखिएका विभिन्न समस्यालाई गाउँपालिकाले नजिकबाट हेरिरहेको हुँदा त्यसलाई समाधान गर्ने तर्फ गाउँपालिका लाग्ने बताउनु भयो ।

उपभोक्ता समितिका अध्यक्ष सूर्य प्रसाद लिम्बुको अध्यक्षतामा भएको कार्यक्रममा कमल गाउँपालिका वडा नम्वर ४ का अध्यक्ष चन्द्र प्रसाद भट्टराई, ३ का अध्यक्ष अग्नि प्रसाद कोईराला,खानेपानी उपभोक्ता महासंघ झापाका अध्यक्ष उषा भण्डारी, सहकारी समन्वय समिति कमलका अध्यक्ष शरण कुमार पराजुली लगायतले साधारणसभा सफलताको शुभकामना मन्तव्य राख्नु भएको थियो ।

कार्यक्रम समितिका सचिब सुर्य दंगालले सञ्चालन गर्नु भएको थियो भने सह सचिव दिलिप कुमार चापागाईले शाब्दिक शब्द द्वारा स्वगत मन्तव्य राख्नु भएको थियो ।
सभामा समितिका अध्यक्ष सूर्य प्रसाद लिम्बु प्रस्तुत गर्नु भएको प्रतिवेदन र लेखा समितिलेका संयोजक कुबेरधन अधिकारीले प्रस्तुत गर्नु भएको लेखा समितिको प्रतिवेदन छलफल गरी अनुमोदन गरिएको थियो ।

खानेपानीको चुनावी साधारण सभा भएकोले नयाँ समिती गठन लगायतका सम्पुर्ण कार्यक्रम सञ्चालन गर्ने गरी निर्वाचन समिती गठन गरि बर्तमान समिति विगठन गरिएको छ । निर्वाचन समितिले सम्पुर्ण प्रकृया पुरागरी आगामी २००८१ साल जेठ १ गते बाट चुनावी कार्यक्रम सार्वजनिक गरिने निर्वाचन समितिका संयोजक चक्रबहादुर गुरुङले बताउनुभयो

 

प्रतिक्रिया
ताजा खबर
यो साता चर्चामा
सम्बन्धित समाचार
© copyright 2026 and all right reserved to kuinetonews.com   |   Site By : SobizTrend