logo
शुक्रबार, साउन २९ २०८३

झापाको पत्रकारिताः पुस्तक परिचर्चा र सम्मान


  • कुइनेटो न्युज
  • बिहिबार, बैशाख २७ २०८१

बिर्तामोड / नेपाल पत्रकार महासंघ झापाद्धारा प्रकाशित ‘झापाको पत्रकारिताः आरम्भदेखि २०४०’ पुस्तकको परिचर्चा कार्यक्रम  विहीबार बिर्तामोडमा सम्पन्न भयो ।
नेपाल पत्रकार महासंघ झापाका अध्यक्ष एकराज गिरीको अध्यक्षतामा भएको कार्यक्रमको उद्घाटन प्रमुख अतिथि झापा जिल्ला अदालतका मुख्य न्यायाधिस अशोककुमार बस्नेतले गर्नुभएको थियो।
कार्यक्रममा भाषाविद् तथा अग्रज पत्रकार चुणामणि रेग्मीलाई सम्मान प्रदान गरिएको थियो । पत्रकार महासंघ झापाले ६५ वर्ष उमेर पूरा भएका अग्रज पत्रकारलाई यसैबर्षदेखि औषधि उपचार खर्च सहित दीर्घसेवी सम्मान प्रदान गर्न थालेको छ । १४ औं जिल्ला अधिवेशनमा उनीहरुलाई सम्मान गरिएको थियो ।
उक्त दिन अनुपस्थित कृष्ण दाहाल र लेखनाथ भट्टराईलाई पनि  विहीबार सम्मान प्रदान गरियो ।
महासंघ झापाको बिर्तामोडस्थित कार्यालयमा आयोजित कार्यक्रमका सहभागी वक्ताहरुले इतिहासका धरोहरलाई सधै सम्मान गर्नु पर्नेमा जोड दिएका छन् ।
उनीहरुले अघिल्लो पुस्ताको योगदानको जगमा टेकेर नयाँ पुस्तालाई डोहो¥याउने दायित्व पनि रहेको बताएका छन् ।
प्रमुख अतिथि बस्नेतले न्यायालय र पत्रकारिता दुवै क्षेत्रमा असल र खराब पात्रहरु तथा पक्ष रहेको उल्लेख गर्दै पेशाको मर्यादा र गरिमा कायम गर्न सचेत हुनुपर्नेमा जोड दिए ।
असल र निष्पक्ष पत्रकारिताले राज्यका निकायलाई खबरदारीसंगै मजबुत बनाउने भन्दै उनले झापाली पत्रकारिता र अग्रजहरुको योगदानको चर्चा गरे । बस्नेतले पत्रकार महासंघ झापाको कामको प्रशंसा गर्नुभयो ।
पुस्तकको परिचर्चा कार्यक्रममा नेपाल पत्रकार महासंघका पूर्व महासचिव चन्द्र भण्डारी, नेपाल पत्रकार महासंघ कोशी प्रदेशका कोषाध्यक्ष विमल लामिछाने, शाखाका पूर्व अध्यक्ष चिन्तामणि दाहाल, अग्रज पत्रकार तथा साहित्यकार चुणामणि रेग्मी, झापा शाखाका पूर्व सचिव सन्तोष आचार्यले झापा शाखाको यो कार्यकाल निक्कै उपलब्धिमुलक र प्रभावकारी भएको बताएका थिए ।
सम्पादक गोपाल गिरीले पुस्तकका बारेमा प्रकाश पार्नुभएको थियो। कार्यक्रममा शाखाका उपाध्यक्ष केशव भट्टराईले स्वागत र सचिव डिकेश लामाले सञ्चालन गर्नुभएको थियो ।
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले राजधानीमा लोकापर्ण गरेको उक्त पुस्तकमा ३० को दशकको अन्त्यसम्मको झापाको पत्रकारिताको इतिहास, त्यसबेला क्रियाशील रहेका अग्रज पत्रकारहरुको संस्करणात्कम जीवनी समेटिएको छ । पुस्तकमा २६ जना पत्रकारहरुको अन्तरवोध खण्ड, १३ जना पत्रकारको संस्मरण आलेख र आठ वटा अभिलेख खण्ड समेटिएका छन् ।
गोपाल गिरी र राजवावु शंकरले उक्त पुस्तक सम्पादन गर्नुभएको थियो।
पुस्तक कभर सहित २७६ पृष्ठको छ ।

प्रतिक्रिया
ताजा खबर
यो साता चर्चामा
सम्बन्धित समाचार
© copyright 2026 and all right reserved to kuinetonews.com   |   Site By : SobizTrend