logo
शुक्रबार, साउन २९ २०८३

कक्षा १२ को वार्षिक परीक्षा सम्पन्न


  • उमानाथ भण्डारी
  • बुधबार, बैशाख २६ २०८१

कमल । राष्ट्रिय परीक्षा बोर्डद्वारा सञ्चालित कक्षा १२ को वार्षिक परीक्षा आज बुधवार सम्पन्न भएको छ ।

गत बैशाख १४ गते बाट सुरु भएको परीक्षा आज सम्पन्न भएको हो।

राष्ट्रिय परीक्षा बोर्ड परीक्षा व्यवस्थापन कार्यालय विराटनगरको कार्यक्षेत्रभित्र रहेका १० जिल्ला का ७१ हजार ३६० जना विद्यार्थी परीक्षामा सहभागी भएका थिए ।
केशी प्रदेशका १० जिल्लाका २०८ वटा परीक्षा केन्द्रमा सञ्चालित परीक्षामा ५४ हजार ७११ जना नियमित तर्फ र १६ हजार ६४९ जना आंशिक तर्फका विद्यार्थी परीक्षामा सहभागी भएको राष्ट्रिय परीक्षा बोर्ड प्रदेश परीक्षा व्यवस्थापन कार्यालय विराटनगरका सूचना अधिकारी शालिग्राम दाहालले बताउनुभयो ।

यसवर्षको परीक्षामा झापामा ४५ वटा परीक्षा केन्द्र बाट १४ हजार १३२ जना नियमित तर्फका र ३ हजार ९५५ आंशिकतर्फ गरी जम्मा १८ हजार ८७ जना विद्यार्थी परीक्षामा सहभागी रहेका थिए । परीक्षा सहज र शान्तिपूर्ण वातावरणमा सम्पन्न भएको शिक्षा विकास तथा समन्वय इकाई झापाका प्रमुख राजकुमार विकले बताउनुभयो ।

झापाका परीक्षा केन्द्र मध्ये कमल गाउँपालिका ३ स्थित शहीद धर्मभक्त माध्यमिक केन्द्रमा जम्मा ९ वटा विद्यालयका ३९७ जना विद्यार्थी परीक्षामा सहभागी भएका थिए । परीक्षाको आज अन्तिम दिन भएपनि अत्यन्तै सौहार्द्रपूर्ण वातावरणमा परीक्षा सम्पन्न भएको केन्द्राध्यक्ष मधुसुदन अधिकारीले जानकारी दिनुभयो।

 

 

प्रतिक्रिया
ताजा खबर
यो साता चर्चामा
सम्बन्धित समाचार
© copyright 2026 and all right reserved to kuinetonews.com   |   Site By : SobizTrend