logo
शुक्रबार, साउन २९ २०८३

झापामा तीन सय ५३ जना फरार प्रतिवादी पक्राउ


  • कुइनेटो न्युज
  • सोमबार, बैशाख २४ २०८१

बिर्तामोड ।  जिल्ला प्रहरी कार्यालय झापाले चालू आर्थिक वर्षमा तीन सय ५३ जना फरार प्रतिबादीलाई पक्राउ गरेको छ ।

जिल्ला अदालत झापाको फैसला कार्यान्वयन अन्तरगत जिल्ला प्रहरी कार्यालय झापाले जिल्लाका विभिन्न स्थानबाट फरार प्रतिवादीलाई पक्राउ गरेको गर्दै जिल्ला अदालत झापा बुझाएको प्रहरी नायव उपरीक्षक कृष्णकुमार चन्दले जानकारी दिए ।

पक्राउ परेका उनीहरुबाट एक सय ४१ वर्ष ६ महिना २ दिन कैद र चार करोड ४० लाख बयानब्बे हजार दुई सय रुपैयाँ बिगो जरिवाना असुल हुने बताइन्छ ।

गत फागुन ६ गते यता मात्रै प्रहरीले ६६ वर्ष ४ महिना ३ दिन कैद र बयालिस लाख छयालिस हजार एक सय सन्तानब्बे रुपैयाँ विगो जरिवना कायम भएका एक सय ८८ जना फरार प्रतिवादी पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी नायव उपरीक्षक चन्दले जानकारी दिए ।

जिल्ला प्रहरी कार्यालय झापामा प्रहरी उपरीक्षक मिलन केसीले नेतृत्व सम्हालेसंगै फरार प्रतिवादी पक्राउ र लागू औषध नियन्त्रणमा कडाई गरिएको छ ।

प्रतिक्रिया
ताजा खबर
यो साता चर्चामा
सम्बन्धित समाचार
© copyright 2026 and all right reserved to kuinetonews.com   |   Site By : SobizTrend