कमल । कमल गाउँपालिका ३ केर्खामा कार्यलय रहेको जागरुक कृषि सहकारी संस्थाको आज आठौं वार्षिक साधारण सभा सम्पन्न भएको छ।
कमल गाउँपालिका ३ स्थित सिंहदेवी सामुदायिक भवनको सभाहल सम्पन्न साधारण सभाको कमल गाउँपालिका ३ नम्वर वडाका कार्यवहाक अध्यक्ष केशरा बर्देवा नेपालीले पानसमा बत्ति बालेर सभाको उद्घाटन गर्नु भएको थियो ।
साधारण सभाको अवसर पारेर उत्कृष्ट कर्मचारीका साथै सस्थामा उत्कृष्ट कारोबार गर्ने डेढ दर्जन भन्दा बढी सदस्यलाई सम्मान तथा पुरस्कृत गेरको सस्थाले जनाएको छ ।
यसरी सम्मानित हुन कर्मचारी तर्फ रोशनी सुवदी उत्कृष्ट कर्मचारीको रुपमा पुरस्कृत हुनुभएको छ भने उत्कृष्ट कारोबार तर्फ कल्पना देवी राई, सन्दीप राई , विष्णु श्रेष्ठ , भिमा देवी तिन्सीना पूष्पा कुमारी कट्टेल लाई सम्मान गरिएको छ भने उत्कृष्ट बचत कर्ता तर्फ देव राज पौडेल,भुवन चम्लागाई,भुपेन्द्र खनाल ,रुद्र बहादुर थापा र शन्त कुमार तामाङ्गलाई समेत सम्मान गरिएको थियो ।
त्यस्तै बाल बचत तर्फ अष्टिन भण्डारी, अभिगोल भण्डारी,कमुद पोख्र्रेल,प्रशिद्ध बुढाथोकी,अश्निल बुढाथोकी तथा आवधिक बतच तर्फ गणेश श्रेष्ठ र जेष्ठ नागरीक तर्फ कामक्षा देबी निरौला,पे्रम ढकाल र बिरेन्द्र कुमार अधिकारी लाई खादा र सम्मान पत्र द्वारा सम्मान गरिएको थियो ।
संस्थाका अध्यक्ष कमल घिमिरेको अध्यक्षतामा भएको कार्यक्रममा शहिद धर्मभक्त माध्यमिक विध्यालयमा प्रधानाध्यापक मधुसुधन अधिकारी ,सिंहदेबी मन्दिरका अध्यक्ष धनराज गिरी, सिंहदेबी किर्तन मण्डलीका अध्यक्ष डम्बर थापा लगायतको उपस्थिती रहेको थियो ।
कार्यक्रम सस्थाका सदस्य विवश बलिभद्र कोईरालाले सन्चालन गर्नु भएको थियो भने सस्थाका उपाध्यक्ष छत्रपति खनाल गोपालले शाब्दिक शब्द द्वारा स्वागत गर्नु भएको थियो ।