logo
शुक्रबार, साउन २९ २०८३

एमाले कमलको दोस्रो गाउँ अधिवेशनको लोगो सार्वजनिक

मरणोपरान्त, आश्रयदाता र पुराना पार्टी सदस्यलाई सम्मान गरिने


  • उमानाथ भण्डारी
  • शनिबार, बैशाख २२ २०८१

कमल । नेपाल कम्युनिष्ट पार्टी (एमाले) कमलको दोस्रो कमल गाउँ अधिवेशनका लागी तयार पारिएको लोगो सार्वजनिक गरिएको छ ।

आगामी वैशाख २८ र २९ गते हुने दोस्रो गाउँ अधिवेशनको लोगो आज पत्रकार सम्मेलनको आयोजना पार्टीका केन्द्रीय कमिटी सदस्य रोमनाथ ओली र मेनुका काफ्ले ले संयुक्त रुपमा सार्वजनिक गर्नु भएको हो ।

लोगो सार्वजनिक पछि बोल्दै केन्द्रिय कमिटी सदस्य रोमनाथ ओलीले एमाले पार्टी भित्रका केही आन्तरिक असन्तुष्टि र अन्तरविरोधलाई शुद्धिकरण गर्न आवश्यक छ । त्यसैले २०८१ साललाई पार्टीले संगठन सुदृढीकरण शुद्धीकरण गर्ने केन्द्रिय कार्यक्रम अनुसार केन्द्र देखी टोल सम्म सन्चालनहुने केन्द्रिय कमिटी सदस्य ओलीले बताउनु भयो ।

पार्टीका पोलिटब्युरो सदस्य एवम् झापा इन्चार्ज विशाल भट्टराईको प्रमुख आतिथ्यमामा अधिवेशनको हुने आयोजित पत्रकार सम्मेलनमा जनाईएको छ । अधिवेशन सम्पन्न गर्नका लागी विभिन्न ६ वटा उपसमिति गठन गरी तीव्र रुपमा काम अगाडि बढाइएको गाउँ कमिटीले जनाएको छ ।

जसमा प्रचार प्रसार उपसमितिको संयोजकमा वीरेन्द्र अधिकारी , कार्यालय व्यवस्थापन संयोजकमा छविलाल गुरागाईं , प्रतिनिधि व्यवस्थापन संयोजकमा भीमप्रकाश चापागाईँ, स्वयंसेवक परिचालन समितिको संयोजकमा तेजकुमार राई , हल व्यवस्थापन संयोजकमा डम्बर निरौला, खाजा व्यवस्थापन समिति संयोजकमा छत्रहाङ्ग फागो रहेको पार्टी गाउँ कमिटीले जनाएको छ ।

पार्टीले अधिवेशनको अवसरमा मरणोपरान्त सम्मान अन्तर्गत स्वर्गीय रुद्र प्रसाद चापागाईँ, आश्रयदाता छायाँदेवि चापागाईँ, सबै भन्दा जेष्ठ नवीकृत पार्टी सदस्यमा हरिमाया दाहाल, सबै भन्दा पहिला पार्टी सदस्यता प्राप्तगरी निरन्तर पार्टी काममा लाग्ने नानीराम पौडेल लाई सम्मान गरिने पार्टीका कार्यवाहक अध्यक्ष हरिप्रसाद ढकालले जानकारी दिनुभयो ।

पार्टीले गाउँ अधिवेशनको सन्देश निदनका लागी आज बैशाख २२ गते बिहान ७ बजे ७ वटै वाडाका मुख्य मुख्य ५ चौकमा पार्टीको र सूर्य लागो अंकित झण्डा झण्डो त्तोलन गरिएको कार्यवाहक सचिव विरेन्द्र अधिकारीले जानकारी दिनुभयो ।.
कार्यक्रममा नेकपा एमालेका प्रदेश कमिटी सदस्य बलराम गजुरेल, जिल्ला कमिटी सदस्य चक्र बाहादुर गुरुङ्ग, भीम प्रसाद राई, नारायण प्रसाद गौतम, पृथ्वि पति राई, नर्वदा गौतम, सिता निरौला, प्रेम पोख्रेल, दिपक खड्का लगायतको उपस्थिति रहेको थियो ।

कमल गाउँपालिकामा एक हजार तिन सय नवीकृत सदस्य मध्ये बाट दोश्रो अधिवेशनका लागी ३ सय जना प्रतिनिधि छनौट भएको गाउँ कमिटीले जनाएको छ ।

 

प्रतिक्रिया
ताजा खबर
यो साता चर्चामा
सम्बन्धित समाचार
© copyright 2026 and all right reserved to kuinetonews.com   |   Site By : SobizTrend