logo
शुक्रबार, साउन २९ २०८३

समयगढ कृषि सहकारी संस्थाको २४ औं वार्षिक उत्सव सम्पन्न


  • कुइनेटो न्युज
  • मंगलबार, बैशाख १८ २०८१

समयगढ। कमल गाउँपालिका २ स्थित समयगढ कृषि सहकारी संस्थाले २४ औँ वार्षिक उत्सव सम्पन्न गरेको छ ।

समायगढ स्थित दुर्गा मन्दिरको सभाहलमा सम्पन्न कार्यक्रम संस्थाका अध्यक्ष हेम दहालको अध्यक्षता तथा कमल गाउँ पालिकाक अध्यक्ष हुकुमसिंह राईको प्रमुख अतिथ्यतामा सम्पन्न भएको थियो ।

कार्यक्रममा सहकारी समन्वय समिती कमलको संयोजक तथा नबोदय बहुउद्देश्यीय सहकारी को अध्यक्ष शरण कुमार पराजुली कोसमेत उपस्थिती रहेको थियो .  कार्यक्रममा सस्थाका सस्थापक अध्यक्ष बिजय कार्की र निबर्तमान अध्यक्ष लिलाकान्त भट्टराईलाई सम्मान तथा उत्कृष्ट कृषक दुईजना उत्कृष्ट कृषकलाई  पुरस्कृत गरिएको थियो ।

कार्यक्रम सस्थाको सचीव धन बहादुर बस्नेतले सन्चालन गर्नु भएको थियो ।

प्रतिक्रिया
ताजा खबर
यो साता चर्चामा
सम्बन्धित समाचार
© copyright 2026 and all right reserved to kuinetonews.com   |   Site By : SobizTrend