कमल । विभिन्न सरकारी कार्यालय अन्तर्गत अदालत, मालपोत, नापी र स्थानीय तह लगायतका कार्यालयमा लिखत लेख्न आवश्यक पर्ने जनशक्ति उत्पादनका लागी आगामी वैशाख २२ गते विरेन्द्र नमुना क्याम्पस चन्द्रगढीमा सञ्चालन हुने परीक्षामा सहभागी जनाउने प्रशिक्षार्थीलाई अभिमुखीकरण कक्षा सञ्चालन गरिएको झापा बारले जनाएको छ ।
आज सम्पन्न अभिमुखीकरण तालिम शहीद धर्मभक्त माध्यमिक विद्यालय कमल ३ र विरेन्द्र नमुना क्याम्पस चन्द्रगढीमा सम्पन्न भएको थियो । झापा तथा छिमेकी जिल्ला बाट सहभागी भएका ६ सय जना परीक्षार्थी लाई अभिमुखीकरण गराइएको झापा बारका अध्यक्ष नारायण प्रसाद भट्टराईले जानकारी दिनुभयो ।
कक्षामा सहभागीलाई झापा बारका अध्यक्ष नारायण प्रसाद भट्टराई , अधिवक्ता विमल संग्रौला , लक्ष्मी शिवाकोटी, रामचन्द्र गौतम, तारादेवी बाराकोटी, टिका प्रसाद कडेल ,खगेन्द्र दंगाल, पदम रिमाल, लक्ष्मी निरौला र प्रेम विमली तथा झापा जिल्ला अदालतका तहसिलदार सुवास चन्द्र दाहाल शाखा अधिकृत रामचन्द्र बस्नेत र अर्जुन गुरागाँईले अभिमुखीकरण कक्षाको सहजीकरण गर्नु भएको थियो ।
वैशाख २२ गतेको परिक्षामा उत्रिणहुने लेखापढी व्यवसायीहरु बाट विभिन्न कार्यालयमा सर्वसुलभ रुपमा सेवा प्रवाहहुने अदालतका शाखा अधिकृत बस्नेतले बताउनुभयो ।