logo
शुक्रबार, साउन २९ २०८३

कमल ५ मा लागू पदार्थ दुर्व्यसनी न्यूनीकरण सम्बन्धी  सचेतना कार्यक्रम 


  • कुइनेटो न्युज
  • मंगलबार, बैशाख ११ २०८१

कमल ÷ झापाको  कमल गाउँपालिका ५ नम्बर वडा कार्यालयको आयोजना तथा  शुभारम्भ नेपाल दमकको सहजिकरणमा  लागू पदार्थ दुर्व्यसनी न्यूनीकरण सम्बन्धी  सचेतना कार्यक्रम सुरु भएको छ ।

वडा नम्बर ५ स्थित मङ्गलमय माध्यमिक विद्यालयको सभाहलमा   वैशाख १० गते सोमवार बाट सुरु भएको सचेतना  कार्यक्रममा  १३ गते सम्म सञ्चालन हुने छ  भने  कार्यक्रममा  ६० जना भन्दा बढी विद्यार्थी सहभागी रहेको वडा सचिव अमृत शाहले जानकारी दिनुभयो ।

  पछिल्लो समय  युवाहरूमा लागूपदार्थ प्रयोग गर्ने सङ्ख्यामा वृद्धि भएकोले त्यसलाई न्यूनीकरण गर्ने उद्देश्यले वडाको वार्षिक  सिलिङ बजेट बाट लागू पदार्थ दुर्व्यसनी न्यूनीकरण सम्बन्धी  सचेतना कार्यक्रम सञ्चालन गरिएको वडा अध्यक्ष लाल बहादुर विष्टले बताउनु ।

 वडा अध्यक्ष विष्टको अध्यक्षतामा सुरु भएको लालिमाका सहभागीलाई  शुभारम्भ नेपालका तर्फ बाट खेमराज अधिकारी निरौला र प्रेमकुमारी रिजालले सहजीकरण गर्दै हुनुहुन्छ ।  

प्रतिक्रिया
ताजा खबर
यो साता चर्चामा
सम्बन्धित समाचार
© copyright 2026 and all right reserved to kuinetonews.com   |   Site By : SobizTrend