logo
शुक्रबार, साउन २९ २०८३

इलामको विकास र योजना शिरमा राखेर हिँड्छु : सुहाङ्ग


  • सुमन पुरी
  • बुधबार, बैशाख ५ २०८१

इलाम । नेकपा एमाले र माओवादीका तर्फबाट इलाम क्षेत्र नम्बर २ बाट उम्मेदवार बनेका सुहङ्ग नेम्बाङ्गले जातीय भेदभाव र सामाजिक विखण्डनले समृद्धिको बाटो छेक्ने बताउनु भएको छ ।

वहाँले इलाम क्षेत्र नम्बर २ अन्तरगत इलामको मङ्गलबारेमा भएको कार्यक्रममा अहिले देश समृद्धिको बाटो हिँडेको भन्दै यो बेला सामाजिक सम्बन्ध खलल पुग्ने बाटोमा लाग्न नहुने बताउनुभयो ।

सुहाङ्गले इन्द्रेणी सप्त रङ्ग भएकाले राम्रो भएको भन्दै हाम्रो समाज पनि इन्द्रेणी जस्तै सुन्दर भएको बताउनुभयो । वहालेले इन्द्रेणी जस्तो समाजलाई अझ राम्रो बनाउन सामाजिक सम्बन्ध राम्रो हुनु पर्ने बताउनुभयो । वहाँले यस्तो समाजमा पनि तरिकाको समाजिक भेदभावलाई क्षमा दिन नहुने बताउनुभयो । उनले सुशासनमा देखिएको समस्याले विकास निर्माणमा ढिलाइ भएकाले यो समस्या समाधान गर्न पनि सबै एक हुनु पर्ने बताउनुभयो ।
नेम्बाङगले आफूलाई लगाएको मालामा जनताको रौनक र खुसी भए पनि आफू भने भावुक भएको बताउनुभयो । इलामको विकासमा आफ्ना बुवा सुभाषचन्द्र नेम्बाङ्गले गरेको विकास स्मरण गराउँदै जनताका सामु पुग्दा उनीहरूको आँखामा आँसु पनि देखेको बताउनुभयो ।

विगतका निर्वाचनमा आफ्ना बुबालाई गरेको विश्वास शिरमा राखेर आफूले सधैँ काम गर्ने बताउनुभयो । उनले इलामी जनताको कामका लागि सधैँ आफ्ना बुबाले काम गरेको दाबी गर्दे आफूले पनि त्यसरी नै काम गर्ने बताउनुभयो । वहाँले भने, ‘ बुवाले गर्न नसकेका र देखेका सपना पुरा गर्न कुनै पनि कमी हुन दिन्न । यहीबाट प्रतिबद्धता व्यक्त गर्दछु ।

उनले इलामको विकासमा बुबाले देखेको सपना र बनाएको योजना पुरा गर्न कुनै पनि कमी कमजोरी नगर्ने बताएउनुभयो । वहाँले भन्नुभयो इलाम धेरै सुन्दर छ । इलाम सम्भावना नै सम्भावना बोकेको क्षेत्र हो ।यो क्षेत्रलाई कसरी अझै राम्रो बनाउने भन्ने जिम्मेवारी हाम्रो काँधमा आएको बताए ।’ इलामका युवाहरूको भावना नसुनिएको भन्दै्र विदेश जाने युवाहरूको समस्या कसरी छिटो छरितो तरिकाले पुरा गर्न सकिन्छ भनेर काम गर्न आफू प्रतिबद्ध रहेको बताए ।

उनले कुनै पनि देश रातारात विकासीत नभएको दाबी गर्दै देश विकासका लागि युवाहरू एक भएर अगाडि बढ्नु पर्ने बताए । उनले आफ्ना बुवा सुभाष चन्द्र नेम्बाङ्गको पहलमा किराँत धर्मगुरु फाल्गुननन्दलाई राष्ट्रिय विभूति घोषणा भएको भन्दै आफ पनि प्रकिृती पूजक भएकाले यो क्षेत्रको विकासमा कुनै कमी हुन नदिने प्रतिबद्धता व्यक्त गर्नुभयो

प्रतिक्रिया
ताजा खबर
यो साता चर्चामा
सम्बन्धित समाचार
© copyright 2026 and all right reserved to kuinetonews.com   |   Site By : SobizTrend