कमल । झापाको कमल गाउँपालिकाले चालु आर्थिक वर्षको स्वीकृत कार्यक्रम अनुसार सीप विकास सम्बन्धीको सिलाई बुनाई तालिम सम्पन्न भएको छ ।
गाउँपालिकाका सात वटै वडा बाट एकएक जना सहभागी महिलालाई सिलाई बुनाई सम्बन्धी एक महिनाको निःशुल्क तालिम प्रदान गरिएको महिला तथा बालबालिका शाखाका प्रमुख रिता कार्की रिजालले बताउनु भयो ।
तालिममा सहभागी महिलालाई कमल गाउँपालिकाकी उपाध्यक्ष प्रमिला न्यौपाने तिवारीले सिलाई मेसिनका साथै प्रमाण पत्र वितरण पछि आफ्नो मन्तव्यका क्रममा तालिममा सिकेको सीप लाई व्यावहारमा लागू गर्दै उद्यमशील बन्न सहभागीलाई अनुरोध गर्नु भयो ।
तालिममा सहभागीलाई सहजकर्ता रुकमिणा लुइटेलले सहजीकरण गर्नु भएको थियो ।
३ नम्बर वडाका कार्यवाहक अध्यक्ष भगवती राईको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको थियो ।