logo
शुक्रबार, साउन २९ २०८३

इलाम क्षेत्र २ का मतदाता भन्दैछन्– सबैभन्दा योग्य उम्मेदवार नै सुहाङ


  • कुइनेटो न्युज
  • आइतबार, बैशाख २ २०८१

 

ईलाम/

‘मेरो सास रहुञ्जेल म सूर्य चिह्नमै भोट हाल्छु,’ फाकफोकथुम गाउँपालिकाकी एक किसोरीले भनिन्, ‘अहिले त झन् हाम्रो देशलाई चाहिने युवा नेता सुहाङ नेम्बाङ उम्मेदवार हुनुहुन्छ, कानुन पढेको सक्षम युवा भएकाले पनि सबैल सुहानै रोज्नेछन् यो पटक ।’

 

उनले फाकफोकथुमका धेरैजसो युवाले अहिले सुहाङ नेम्बाङलाई नै भोट हाल्ने सोच बनाएको पनि सुनाइन् । ‘हामी युवाले यो निर्वाचन क्षेत्रका लागि महत्वपूर्ण काम गरेको र अब पनि राम्रा काम गर्नसक्ने उम्मेदवारलाई नै भोट हाल्ने हो,’ उनले थपिन्, ‘भाषण गर्न र आश्वासन बाँड्न त कति आए कति, अहिले पनि आइरहेकै छन् तर काम गर्नसक्ने पार्टी एमाले नै हो, उम्मेदवार पनि युवा नै हो ।’

 

यसअघि क्षेत्र २ को विकासमा एमालेले गरेका काम हेर्दा र अब पनि काम गर्नसक्ने उम्मेदवार छान्दा सुहाङको विकल्प नै नदेखेको अर्की युवतीले बताइन् । ‘यो क्षेत्रमा विकास पूर्ण भएको छ वा पर्याप्त छ भनेको होइन तर जति काम सुरु भएका छन्, निकै महत्वपूर्ण छन्,’ उनले सुनाइन्, ‘सुहाङबाहेक अर्काे उम्मेदवारले जित्यो भने ती काम पूरा हुन सक्दैनन् ।’

 

फाकफोकथुम ३ की अर्की महिलाले अब देश युवाले नै बनाउने भन्दै सुहाङ सबैभन्दा उपयुक्त व्यक्ति भएको बताइन् । ‘हुन त म एमालेको मान्छे होइन तर अरू उम्मेदवार पनि हेर्दा सर्वाेत्तम उम्मेदवार नै सुहाङ हो,’ उनले भनिन्, ‘कानुन पढेको मान्छे, स्वभावैले उहाँ निकै इमान्दार पनि हुनुहुन्छ । अहिलेको समयमा इमान्दार व्यक्तिको खाँचो छ राजनीतिमा ।’

 

यही वैशाख १५ गते हुने इलाम क्षेत्र नम्बर २ को उपचुनावमा एमाले, माओवादी, परिवार दल र नेकपाका साझा उम्मेदार सुहाङ नेम्बाङलाई यो पटक क्षेत्र २ का मतदाताले रुचाएका छन् । सुहाङलाई चुलाचुली र माङ्सेबुङका कार्यक्रममा जाँदा विशेषगरी युवाले स्नेहसाथ भोट हाल्ने प्रतिबद्धता जनाइरहेका छन् । उनलाई चुनावको दिन भोट दिने भन्दै विद्यार्थी, युवा, महिला, ज्येष्ठ नागरिक सबैको ताँती लाग्नेगरेको छ ।

 

फाकफोकथमु ४ का युवकले अरू दलले पनि जनतालाई धेरैखाले आश्वासन दिएको तर पूरा गर्ने क्षमता देखाउन नसकेको बताए । ‘अरू दलका उम्मेदवार पनि हाम्रो सबैथोक गरिदिन्छौं त भनिहाल्छन् तर पत्याउने र उनीहरूले जित्ने सम्भावना देखिँदैन,’ उनले गाउँघरका युवाको भावना सुनाउँदै भने, ‘भरपर्दाे, सक्षम र काम गर्न सक्ने युवा सुहाङ नै भएकाले यहाँका युवा सुहाङलाई नै जिताउन इच्छुक छन् ।’

 

एमाले, माओवादी, नेकपा र परिवार दलका मात्र नभई गठबन्धनमा नभएका दलले समेत सुहाङलाई भोट दिन सम्पर्क बढाइरहेका छन् । ‘हाम्रो दलका उम्मेदवार हामीलाई मन नपर्नु पनि एउटा कारण हो तर अहिलेका उममेदवारमध्ये सुहाङ नै सबैभन्दा योग्य छन्,’ माङ्सेबुङका एक युवकले भने, ‘अरू गाउँलेको कुरा सुन्दा पनि यो पटक सुहाङकै पल्लाभारी देखिन्छ ।’

 

अधिवक्तासमेत रहेका उम्मेदवार सुहाङ अहिले मतदातासँग उनीहरूका समस्या बुझ्दै र उनीहरूकै मागअनुसारका योजना बनाउने भन्दै सुझाव मागिरहेका छन् ।

 

‘मैले यो क्षेत्रलाई नजिकबाट चिनेको छु, स्थानीयका सबैखाले समस्या बुझेको छ,’ उनी मतदातालाई भन्दैछन्, ‘तैपनि, तपाइँहरूका माग, समस्या र आवश्यक के छन् भन्नुहोस् र मलाई जिताएर ती माग पूरा गर्ने अवसर पनि दिनुहोस्, म तपाइँहरूले गुनासो नगर्नेगरी काम गर्नेछु ।’

 

सुहाङ अहिले क्षेत्र २ को चुनावी प्रचारप्रसारमा छन् । आज सुहाङले फाकफोकथुम वडा ३ रातमाटे, वडा ४ को फुएँतप्पा र वडा ४ कै लिम्बूगाउँका मतदातासँग भेटघाट गरिरहेका छन् ।

‘यसअघि एमालेले थालेका सबै योजना म पूरा गर्नेछु, त्यसबाहेक स्थानीय  आवश्यकताअनुुसारका कामको प्रतिबद्धता गर्छु,’ सुहाङले मतदातालाई भनेका छन्, ‘मलाई तपाइँहरूसँग सहकार्य गर्ने जाँगर छ, मौका दिनुुहोस् ।’

प्रतिक्रिया
ताजा खबर
यो साता चर्चामा
सम्बन्धित समाचार
© copyright 2026 and all right reserved to kuinetonews.com   |   Site By : SobizTrend